भारतको लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ। मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको छ।
यसपालि भाजपा एनडिए र कंग्रेस आईले इन्डिया गठबन्धन बनाएर चुनावमा गएका थिए।
चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ४ सय सिट जितेर पुन सरकार चलाउने दाबी गरेका थिए। परिणाम आउँदा भने ती सबै दाबीले फेल खाएका छन्। ५४३ क्षेत्रको नतिजा आउँदा एनडिए गठबन्धनले २९३ र इन्डिया गठबन्धनले २३३ सिट सिट जितेको छ। १७ सिट अरू दलहरूले जितेका छन्।
भारतको चुनाव आयोगअनुसार भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४/४ सिट जितेका छन्, आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३, जनसेना पार्टीले २ सिट जितेका छन्। बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
भजपाले यस पटक भने गठबन्धनमा रहेका दलहरूलाई मिलाएर सरकार बनाउनुपर्ने देखिन्छ।
Discussion about this post