• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, January 2, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

इस्टरको अवसरमा नेपाल स्पोर्टस फेलोसिपको सुसमाचारिय कार्यक्रम सम्पन्न

by NC News Desk
March 31, 2024
in News & Events

निरोज तोलाङे, ललितपुर । नेपाल स्र्पोटस फेलोसिपले आइतबार ललितपुरमा पुनरुत्थान (इस्टर)को अवसरमा इस्टर सुसमाचार कार्यक्रमको आयोजना गरेको छ ।

फेलोसिपले आइतबार ललितपुरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई इस्टर सुमाचार कार्यक्रमको आयोजना गर्दै महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप वाफ महिला च्याम्पियनसिपको उपविजेता महिला फुटबलर खेलाडीलाई सम्मानपत्र र ७५ हजार नगद राशीसहित सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बधाई तथा शुभकामना दिँदै देशमा सम्भावना हुँदा–हुँदै पनि खेलकुद पूर्वाधारको विकास हुन नसक्नु खेलाडी उत्पादनका लागि प्रशिक्षितहरुको खोजी गर्न नसक्नु र व्यवस्थापन हुन नसक्नुले खेलकुद क्षेत्रले सकेको जति सफलता हासिल गर्न नसकेको बताउनुभयो ।

खेलकुद विकासका लागि देश अगाडि बढ्नसके धेरै सम्भावना बोकेको हुँदा नेपालको खेलकुद क्षेत्र क्रमशः व्यवसायिकतातर्फ उन्मुख हुँदै गएको बताउदैँ उनले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुने र यो वस्तुगत धरातललाई आत्मासाथ गर्दै खेलकुद क्षेत्र विकासका लागि सबै क्षेत्र जुट्न आवश्यक रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बक्सिङ संघका अन्तरराष्ट्रिय निर्देशक तथा एनएसएफका संस्थापक श्याम अवालेले देश संघिय लोकतान्त्रिक गणतन्त्रसहितको धर्मनिरपेक्षता भएकोले व्यक्तिले आफनो धार्मिक आस्थाको अवलम्बन गर्न पाउने स्वतन्त्रता संविधानले समेत ग्यारेन्टी गरेको हुँदा पुनरुत्थान दिवसको अवसरमा आयोजित यस सुसमाचारिय सभाले राष्ट्रमा धार्मिक एकता, मेलमिलाप र शान्तिको सन्देश दिने कुरामा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा नेपाल व्याप्तिष सेमिनारीका प्रिन्सिपल डा। जोन नारायण राईले नेपाली चर्चले नेपालको विकास सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा परमेश्वरको राज्यलाई विश्व सामु जित्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष वेन्जी थापाले खेलकुदको क्षेत्रबाट चर्चको विकास सम्भव देखिदै गर्दा खेलकुद विकासका लागि सबै क्षेत्र, समुदायसँग हातेमालो गर्दै देशभर यसलाई अभियानका रुपमा लैजानु पर्नेमा जोड दिनुभयो ।

एनएसएफका संयोजक लबिस राईले चर्च भित्र खेलकुद क्षेत्रको विकास गर्न सके सामाजिक एकता र सम्वृद्धिको आधारशिला तयार पार्ने हुँदा नेपाली चर्चहरुले खेलकुद विकासका लागि सुसमाचारको रणनीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उनले नेपाली चर्च खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब नेपाली चर्चहरु पनि त्यसतर्फ गम्भीर बन्नु पर्ने बताए ।

कार्यक्रममा गायक राजेश राई इस्टर सम्बन्धी गित र हास्य कलाकार कुमार सुनामले आफनो प्रस्तुती दिएका थिए ।

स्पोर्टस फेलोसिपका अध्यक्ष वेन्जी थापाको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका प्रचण्ड शर्मा र आर्थिक प्रशासन प्रमुख रिखीराम पोखरेल, एन्फाका पदाधिकारी, ओलम्पिक कमिटिका सदस्यहरु, ख्रीष्टियन संघसंस्थाका प्रतिनिधिहरु र खेलकुदका विभिन्न २९ विधाका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार र खेलप्रेमीको बाक्लो सहभागीता रहेको सो कार्यक्रमकोे कुशल संचालन एनएसएफका सचिव प्रकाश पाख्रीनले गर्नुभएको थियो ।

आजका दिन विश्वभरका इसाई धर्मावलम्बीले इस्टर सन्डे मनाएका आएका छन् । इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ ।

बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रबारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो ।

यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका येशू थप ४० दिनसम्म पृथ्वीका रहनुभएको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In