माघ २७, २०८० आइतबार
काठमाडौँ । आज शनिबार त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै आफ्नो पोल्टामा पारेको छ।
दोस्रो एकदिवसीय खेल, टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गरेको थियो।
नेपालको जितमा कप्तान रोहित पौडेलसहित ३ खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए। अनिल साहले नेपालका लागि सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाए। उनले १९ बलमै अर्धशतक प्रहार गरे।
त्यस्तै, रोहित पौडेलले ८७ रन बनाउँदा देव खनालले ७६ रन बनाए। यी दुईबीच तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी भएको थियो। त्यस्तै, भिम सार्कीले २३ रन बनाउँदा पवन सराफले १४ रन जोडेका थिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको थियो। क्यानडाका लागि आरोन जोनसज र नवनित धालिवालले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे। जोनसजले सर्वाधिक ६५ रन बनाए। ६२ बलको सामना गरेका उनले २ छक्का र १० चौका हाने।
यस्तै, नवनीत धालिवालले ४६ रन बनाए। श्रेयस मोभ्भाले ४० रन बनाएका थिए। क्यानडाविरुद्ध कुशल मल्ल र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिए। यस्तै, सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १–१ विकेट लिए।
www.khabardainik.com




















Discussion about this post