१४ माघ २०८०, आइतबार
काठमाडौँ ॥ युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल आगामी ६ देखि ९ जुन सम्म हुनगईरहेको युरोपेली संसदको चुनावी दौडबाट बाहिरिएका छन् ।
नोभेम्बरसम्म चल्ने आफ्नो वर्तमान जनादेशको बाँकी भागमा ध्यान केन्द्रित गर्ने बताउदै चुनावी दौडबाट बाहिरिएको बताएका छन् ।
उनले आफ्नो आलोचना गर्नेहरुको कुरालाई स्वागत गर्दै आफ्नो बाँकी कार्यकाल राम्रोसँग बिताउने मनसाय बनाएको जानकारी दिए। उनले आफू युरोपेली चुनावमा उम्मेदवार नबन्ने र वर्तमान जिम्मेवारीहरू पूरा नहुन्जेलसम्म दृढ सङ्कल्पका साथ काम गर्ने बताए ।
मिशेलले एक विज्ञप्तिमा मार्फत भनेका छन् “चरम प्रतिक्रियाहरू” र “व्यक्तिगत आक्रमण” को कारणले गर्दा मेरो प्रारम्भिक निर्णयको प्रतिक्रिया हो , उनले अगाडी थपे कि “मेरा सबै प्रयासहरू मेरो वर्तमान जिम्मेवारीहरूमा समर्पित हुनेछन् “।
www.khabardainik.com
Discussion about this post