२०८० माघ १३, शनिवार
काठमाडौँ । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सनसनीपूर्ण १ विकेटको जित हासिल गर्दै नेपाल अर्को चरणमा प्रवेश गरेको हो ।
उक्त गर या मरको ‘लो स्कोरिङ’ खेलमा नेपालले १४६ रनको चुनौती ४४.४ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो । बलरहरु हावी भएको पिचमा नेपालले सनसनीपूर्ण रोमाञ्चक जित हासिल गरेको हो ।
नेपालका लागि कप्तान देव खनालले कप्तानी इनिङ्स खेलेर जितको आधार तय गरेपछिमात्र आउट भए । उनले ८९ बलमा ७ चौकाको मद्धतले ५८ रन बनाए । त्यस्तै दिपक बोहराले ४२ बलमा २७ रन जोडेका थिए ।
समूह डीमा नेपालसँगै अफगानिस्तान, न्यूजिल्याण्ड र पाकिस्तान रहेकामा लगातार दुई जितसहित न्यूजिल्याण्ड र पाकिस्तान अर्को चरणमा पुग्दा नेपाल तेस्रो भएर अर्को चरणमा पुगेको हो । अफगानिस्तान भने सबै खेल हारेर बाहिरिएको छ ।
www.khabardainik.com
Discussion about this post