तुरही न्यूज । २२ मंसिर ०८० । ललितपुर । मानवधिकारकर्मी डा.तेजा रोक्कालाई सम्मान गरिएको छ ।
मानव अधिकार संरक्षण र प्रबद्धनको क्षेत्रमा उल्लेखनिय योगदान गरेको भन्दै ७५औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको विशेष अवसरमा राष्ट्रिय महाभेला आयोजक समितिले डा.रोक्कालाई शुक्रबार स्टाफ कलेज जाउलाखेलमा सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले डा.रोक्कालाई सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गरिएको हो ।
डा.रोक्का लामो समयदेखि अल्पसंख्यक धार्मिक समुदाय र पिछडिएका वर्गहरुको मानव अधिकार संरक्षण गर्नमा लागि पर्नु भएको छ ।
डिसेम्बर ८ बाट शुरु भएको मानव अधिकार राष्ट्रिय महाभेला १४ डिसेम्बरमा समापन हुनेछ ।
Source: तुरही न्यूज
Discussion about this post