मंसिर १६, २०८० /शनिबार
काठमाडाैं । पाँच खेलको टी-२० सिरिज भारतले एक खेलअगावै आफ्नो पक्षमा पारेको छ । भारतले सिरिज ३-१ ले आफ्नो पोल्टामा पारेको हो ।
गएराति रैपुरमा भएको चौथो खेलमा १७५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन मात्रै बनाउन सक्यो ।
टिमका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा १५८.६२ को स्ट्राइक रेटमा रन बनाए । उनको इनिङ्समा ४ चौका र २ छक्का समावेश थियो ।
अस्ट्रेलियातर्फकप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा नट आउट रहे । ट्रविस हेडले ३१ रन बनाए । हेडबाहेक अन्य कुनै पनि ब्याटरले आक्रामक ब्याटिङ गर्न सकेनन् ।
भारतका स्पिनर अक्षर पटेलले ३ विकेट लिए । दीपक चाहरले २ विकेट लिए तथा रवि विश्णोई र आवेश खानले १-१ विकेट लिए ।
योजितसँगै भारतीय टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान पनि बनाएको छ । पाकिस्तानलाई पछि पार्दै भारतले आफ्नो १३६ औँ टी-२० जितेको हो । टी–२० मा बराबरी खेले पनि अब सुपर ओभरबाटै नतिजा तय हुन्छ । ती नतिजाहरू पनि जोडिएमा भारतले अहिलेसम्म १३९ र पाकिस्तानले १३६ टी–२० खेल जितेका छन् ।
भारत आफ्नो घरेलु मैदानमा १४ टी–२० सिरिजमा अपराजित छ । टोलीको अन्तिम पराजय सन् २०१९ मा अस्ट्रेलियासँग भएको थियो, जब अस्ट्रेलिया २–० ले विजयी भएको थियो।
www.khabardainik.com
Discussion about this post