मंसिर १०, २०८० आइतबार
चितवन : जिल्लामा पछिल्लो चार महिनामा १६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो संख्यामा निवेदन दर्ता भएका हुन।
दर्ता भएका निवेदनमध्ये खान लाउन नदिएकोसम्बन्धी ४५ वटा, कुटपिटसम्बन्धी ७० वटा र गाली बेइज्जतीसम्बन्धी ५२ वटा छन्।
कूल निवेदनमध्ये एक सय २८ वटा मिलापत्र भएका छन्। साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार सय ४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए। आर्थिक वर्ष २०७९/८० मा यो संख्या तीन सय ९५ थियो। निवेदनमध्ये सबैभन्दा धेरै कुटपिटसम्बन्धी उजुरीरहेको उनले जानकारी दिए।
श्रोत : www.khabardainik.com


















Discussion about this post