सोमबार, मंसिर ४, २०८०
काठमाडौँ ।। हिँजो भारतको नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा भएको आइसिसी विश्वकप २०२३ को फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेकोछ । जितको लागि ओपनर ट्रविस हेडको सानदार शतकको योगदान रह्यो ।
जितको लागि २ सय ४१ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे ।
एक समय ४७-३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई च्याम्पियन बनाउन चौथो विकेटका लागि लाबुसेन र हेडले १ सय ९२ सानदार शतकीय साझेदारी गर्दै च्याम्पियन बनाए । टोलिलाई दुई रन चाहिदा हेड आउट भएका थिए । ग्लेन म्याक्सवेलले विजयी २ रन जोडे ।
ओपनर डेविड वार्नर मोहम्मद शामीको दोस्रो ओभरको पहिलो बलमै एज लागेर स्लिपमा विराट कोहलीबाट ७ रनमा क्याच आउट भएका थिए ।
भारतका लागी विकेटकिपर लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए ।
कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।
अष्ट्रेलियालाई च्याम्पियन बनाउन तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । अष्ट्रेलियालाई जिताउन उनको कप्तानी पनि महत्त्वपूर्ण रह्यो ।
भारतले लिगमा सबै खेल जितेको थियो । यसअगी लिगमा अष्ट्रेलियालाई भारतले ६ विकेटले हराएको थियो तर फाइनलमा नराम्रो हार बेहोर्नु पर्यो भने २०११ पछी उपाधी जित्ने सपना पुन अधुरै रह्यो ।
source : www.khabardainik.com
Discussion about this post