मिती २०६९/ ११/१५ गते नेपाली इसाई मण्डली, नुवाकोटमा ११ बजे राती अचानक ठूलो आवाज सहित आगलागी भएको छ। उक्त सन्दर्भमा नुवाकोट इसाई समाजले दिएको विज्ञप्ती निम्न प्रकार छ।
प्रेस विज्ञप्ति
मिति २०६९/११/१५ गते रातको ११ बजे नुवाकोट जिल्लाको बागेश्वरी गा.वि.स. वडा नं ८ कुवापानीमा रहेको ईसाई धर्मालम्बीहरुको नेपाली ईसाई मण्डलीमा एल पि ग्याँस बिस्पोट गराई चर्चको एक कोठे बाल संगतिको भवन पुर्ण रुपले जल्ने तथा चर्च भवनका भित्ताहरु चर्कने र भत्कने गरी गराइएको उक्त घटना चर्चको भौतिकता माथीको प्रहार मात्र नभई सारा ईसाइहरुको पवित्र आश्था माथीकै प्रहार नेपाली ईसाइ प्रति गरिएको विभेद, मानवता र नैतिकतालाई कुल्चेर गरिएको जघन्य अपराध जुन व्यक्ति वा समूहद्वारा गरिएको वा गराईएको भएता पनि नेपाल एक धर्म निरिपेक्ष राष्ट्र भैसकेको अवस्थामा यस्तो प्रकारको अपराध गर्नु वा गराउनु धार्मिक र सामाजीक सहिष्णुता खलबल्याउन र उडण्डता तिर उन्मुख गराउन खोजिएको यो अपराधिक कार्य प्रति हामी समस्त नुवाकोटका मण्डलीहरु घोर भत्सना र खेद प्रकट गर्दछौं । अपराधीहरुलाई पहिचान गर्दै समस्त नुवाकोटका मडण्लीको पनि सुरक्षा माग गर्दछौं। क्षतिग्रस्त मण्डलीका त्रसित सन्तहरुमा सुरक्षा र सान्तवनाको लागी प्रभु येशूसँग प्रार्थना गर्दछौं ।
सचिव पुरुषोतम डोटेल
नुवाकोट ईसाइ समाज तथा सम्पुर्ण नुवाकोट मण्डली परिवार
Some pictures from the insident site:
Republished in new layout 6/14/2013
Discussion about this post