१ असार २०८०, शुक्रबार
काठमाडौं । आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले २१ दिनको थुनछेक बहस पछी टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै रायमाझीको सांसद पद गुमेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर अदालतद्वारा थुनामा पठाउन आदेश जारी भएसँगै पूर्वउपप्रधानमन्त्री एवं सांसदसमेत रहेका टोपबहादुर रायमाझीको पद निलम्बनमा परेको हो ।
रायमाझी प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ मा फौजदारी अभियोगमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा गए खण्डमा स्वतः सांसद पद निलम्बन हुने व्यवस्था बमोजिम उन्को सांसद पद गुमेको हो ।
नियमावली प्रष्टसँग उल्लेख छ, ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’
Discussion about this post