आइतबार, जेठ १४, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी भारत भ्रमणका विषयमा राजनीतिक र कूटनीतिक परामर्श तिब्र परेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंदरबारमा पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गर्ने कार्यक्रम छ ।
यस्तै, सोही विषयमा प्रधानमन्त्री प्रचण्डले आजै दिउँसो साढे ३ बजे सिंहदरबारमै परराष्ट्र मन्त्रालयका पूर्वसचिव, भारतका लागि नेपाली पूर्वराजदूतहरू र विज्ञहरूसित छलफल गर्ने सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्री प्रचण्डको यही जेठ १७ देखि २० गतेसम्म चारदिने औपचारिक भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।
Discussion about this post