शनिवार, ०६ जेठ २०८०
काठमाडौँ । कथावस्तु र निर्माण उद्देश्य बिल्कुल फरक रहेका दुई नयाँ फिल्महरु ‘ए साथी सुन’ र ‘डाकिनी’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छन् ।
‘ए साथी सुन’ देशभर व्यावसायिक रूपमा प्रदर्शनमा आएको हो भने ‘डाकिनी’ सीमित हलमा मात्र प्रदर्शन गरिएको छ । दुवै फिल्मको कथावस्तु र निर्माण उद्देश्य भने फरक फरक छ । ‘ए साथी सुन’को रिलिज व्यावसायिक प्रयोजन रहेको छ भने ‘डाकिनी’ हेर्न चाहनेलाई अवसर प्रदान गरिएको रिलिज हो ।
पत्रकारसँगको भेटघाट कार्यक्रममा मंगलवार ‘डाकिनी’ फिल्मका निर्माता म्याक्स दिपेश खत्रीले आर्ट फिल्म मन पराउने दर्शकका लागि भनेर सीमित हलमा मात्र रिलिज गर्न लागेको बताए।
‘ए साथी सुन’ :अभिनेता रमेश बानियाँ र अभिनेत्री वर्षासिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्म हो ।
लभ स्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको फिल्ममा आर्यन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायत अभिनय देख्न सकिन्छ ।
इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता बीना कार्की र सन्तोषकुमार राई र टायम कट्टले हुन् । मानकृष्ण महर्जनको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व निर्देशन, दीर्घ खड्का र मिराज अर्यालको सम्पादन, राजेन्द्र मोक्तान छ । फिल्मलाई वितरण आरआर फिल्म्सले गर्दैछ ।
‘डाकिनी’ : षट्कोण आर्टस्ले निर्माण गरेको फिल्म ‘l’ बौद्ध धर्मका ठूला गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)को लेखन र निर्देशन गरेका हुन् । उनि प्रख्यात फेस्टिभलको चक्र पूरा गरेपछि रिलिज हुन लागिएको फिल्म जस्लाई अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको छ । यो फिल्मको नेपाली नाम डाकिनी हो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथामा छ ।
निर्देशक रिम्पोछेको यो पाँचौँ फिल्म हो। सन् १९९९ मा उनले निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो।
फिल्ममा प्रयोग भएको भाषाको कुरा गर्दा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ र फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको हो ।
फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन्।
त्यसैगरि, फिल्ममा कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियालगायतका नेपाली कलाकारको समेत अभिनय छ।यस फिल्मलाई ताइवानका चर्चित छायाँकार मार्क लि पिङ बिङले खिँचेका हुन्। मार्कले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए।
एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क लीले खिचेका फिल्महरु ‘इन द मुड फर लभ’सहित ‘द असासिन’, ‘रेनोयर’, ‘नर्वेजियन उड’, ‘फ्लाइट अफ रेड बेलुन’ चर्चित छन्।
Discussion about this post