• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, August 15, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड

२६ वैशाख २०८०, मङ्गलबार

by Sushil Paudyal
May 9, 2023
in News & Events, socio-political

काठमाडौं, वैशाख २६ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताउनुभयो।

प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने बताउनुभयो। “यसका लागि हिजोका दिनमा तपाईँहरूले दिएको साथ आज पनि चाहिएको। यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु।”

उहाँले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको बताउनुभयो। “अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ। सामाजिक न्याय भनेको त्यही हो”, प्रधानमन्त्रीले भन्नुभयो, “देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।”

उहाँले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताउनुभयो ।

“जुन-जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु। म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्‍यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु”, उहाँले भन्नुभयो।

प्रधानमन्त्री दाहालले काठमाडौं नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“हिजो राज्यले काठमाडौं नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट वञ्चित गरायो”, उहाँले भन्नुभयो, “अबका पाँच वर्षमा हुने विकास निर्माणले पर्यटक ओहिरिने छन्।”

तत्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार, असुविधा र विभेद र अन्यायविरुद्ध काभ्रेका जनता क्रान्तिमा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले महाभारत र खानीखोला जस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दा छिटो विकास र सुविधा पाउने बताउनुभयो।

स्रोत : खबर दैनिक

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

Recent Posts

  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In