शुक्रबार । बैशाख १, २०८०
पश्चिमी म्यान्मारको सागाइङ क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी पाँच बालबालिकासहित आठ जनाको मृत्यु भएको छ साथै घटनामा अन्य ३१ जना घाइते भएका छन् । घटनाको बारेमा म्यान्मारको राज्य प्रशासन परिषद्ले जानकारी दिएको हो ।
साँझ ५:४० बजे ड्रोनबाट चार वटा बम खसालिएको थियो र घटनामा मृत्यु हुनेमा परम्परागत थिङयान जल महोत्सव मनाइरहेका बालबालिकासहित गाउँले रहेका छन्।
सोही दिन पूर्वी म्यानमारको शान राज्यको लाशियो शहरमा भएको बम विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । आक्रमणकारीको खोजी कार्य जारी रहेको बताइएको छ ।
सन् २०२१ मा भएको शैनिक ‘कू’ पछि देशमा उथलपुथल मच्चिएको छ र सेना र जुन्ता विरोधी लडाकुबीच पटक–पटक भिडन्त भइरहेको छ ।
थिङयान पर्व, सामान्यतया सार्वजनिक पानीमा लडाई गरि खेल्ने एक आनन्दित उत्सव हो तर तख्तापलट पछि राजनीतिकरण भएको छ । प्रजातन्त्र समर्थकले जुन्ता समर्थित कार्यक्रमहरू बहिष्कार गर्न आह्वान गरेका कारण पनि पटक पटक एस्ता घटना घट्ने गर्छ ।
Discussion about this post