२०७९, १० चैत्र शुक्रबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितलाई न्याय हुने गरी कानूनको मस्यौदा मन्त्रिपरिषद बैठकमा पेश गर्न कानून मन्त्रालयका सचिवलाई निर्देशन दिएसँगै पीडित किसानहरुको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको गृह मन्त्रालयले जनाएको छ l
प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्मा अनुसार ‘आज मात्रै पनि प्रधानमन्त्रीले कानून मन्त्रालयका सचिवलाई कानूनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकमा ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ र आजभोलि नै त्यो कानून संसदमा दर्ता हुन जान्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानहरुको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ,’
महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरुका समस्या समाधान गर्न र घर फर्किने वातावरण बनाउन गृहसचिव मार्फत प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक शर्माले जानकारी दिए ।
सरकारले ३५० जना मिटर ब्याजीहरुलाई कारबाहीसमेत गरिसकेको समेत शर्माले बताए ।
Discussion about this post