बुधबार, फागुन १७, २०७९ ll गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा बाट जजिरा एयरवेजले २०७९, फागुन २५ देखि पुनः उडान गर्ने भर्ने निर्णय अनुसार नयाँ उडान तालिका सार्बजनिक गरेको छ l
तालिका अनुसार जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उड्नेछ l भैरहवा देखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।
नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहले नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिबद्धताअनुसार नै मध्यपूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका बीचमा लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवद्र्धन गरिरहेको बताए।
‘यस प्रवर्द्धनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पु-याउँछ भन्नेमा हामी विश्वस्त छौँ’, उनले भने।
Discussion about this post