• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, January 2, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

स्वीटजरल्याण्डभन्दा कम छैन काभ्रेपलाञ्‍चोक जिल्ला

by Naresh Duwal
January 30, 2023
in Articles, Special
नरेश दुवाल

घुमघाम गर्नु र नयाँ नयाँ स्थानमा यात्रा गर्नु सबैलाई मन पर्दछ। हप्ताको एक चोटी वा महिनाको एक चोटी तपाईले अवश्य नै घुम्‍ने योजना बनाउनु हुन्छ। यदि तपाई काठमाडौं बस्‍नु हुन्छ भने तपाईको लागि सुन्दर, शान्त वातावरण भएको स्वीटजरल्याण्ड भन्दा राम्रो स्थान काभ्रेपलाञ्‍चोक जिल्ला नै हो। काभ्रेपलाञ्‍चोक जिल्ला घुम्‍न जान त्यति धेरै खर्च पनि लाग्दैन। काभ्रेपलाञ्‍चोक जिल्ला घुम्‍न तपाई एक्लै पनि घुम्‍न जान सक्नुहुन्छ, परिवारसँग जान सक्नुहुन्छ, साथी भाईहरूसँग पनि जान सक्नुहुन्छ। काभ्रेपलाञ्चोक जिल्ला घुम्‍न जानेहरूको पहिलो गन्तव्य बनेपा बजार हुन्छ।

बनेपा बजार प्राचिन सिल्करोडमा पर्ने पुरानो बजार हो। तर अहिले आधुनिकताले छोइसकेको छ। बनेपा बजारमा ठूला ठूला भवनहरू पनि प्रशस्त देख्‍न सकिन्छ। बनेपा बजार पुरानो समयमा पनि काठमाडौंबाट चीन जाँदा बाटोमा पर्ने एउटा व्यस्त बजार थियो। नेपालीहरू काठमाडौंबाट ल्हासा तथा चीनको अन्य क्षेत्र जान बनेपा बजार भएर जान्थे। यो प्राचिन किराँतकालीन बजार पनि हो। नेवारी लोक कथाहरू तथा नेपालको इतिहासका पुस्तकहरूमा बनेपा बजारलाई चीन तथा तिब्बत जाने आउने द्वारको रूपमा चित्रण गरेको पाईन्छ। हिलारी तथा तेन्जिङ्ग सेर्पाले सगरमाथा चढन जाँदा बनेपा बजार भएर नै गएको थियो। र फर्किदा पनि उनीहरूलाई पहिलो स्वागत बनेपा बजारमा नै गरेको थियो। बनेपा नाम नेवारी भाषाको दुई वटा पुरानो शब्दहरू मिलेर बनेको हो, बने (व्यापार) र पाल (ठाउँ)। अर्थात बनेपाल (व्यापारिक स्थान)। पछि बनेपा मात्र भनिन थाल्यो। तपाईं बनेपा पुगेपछि बनेपा बजार घुम्‍न सक्नुहुन्छ। बनेपामा तपाईंले नेवारी तथा नेपाली खाजादेखि लिएर विभिन्‍न खानाको स्वाद लिन सक्नुहुन्छ। बनेपामा पाईने जुनसुकै खाना वा खाजामा तपाईंले प्राचिन सिल्करोडको झझल्को भेटाउनु हुन्छ। मल्लकालको सुरूको अवस्थामा बनेपा एउटा शक्तिशाली राज्य थियो। काठमाडौं उपत्यका पहिला दहको रूपमा हुँदा पनि बनेपाले बजारको रूप लिइसकेको थियो। महान कलाकार अरनिको पनि बनेपाका थिए। यिनी राजा जय भिमदेवको पालामा ई.सं. १२६० मा ८० जना कलाकारहरूका साथ तिब्बती सरकारको अनुरोधमा तिब्बत पुगेका थिए। पछि उनी त्यहीबाट परिवार सहित चीन पुगेका थिए। बनेपा बजारमा बोलिने नेवारी भाषालाई नेवारी भाषाको सबैभन्दा शुद्ध रूप मानिन्छ। बनेपा बजार घुमिसकेपछि तपाईं नजिकैको गोसाइकुण्ड डाँडा हाईकिङ्ग गर्न सक्नुहुन्छ। गोसाइकुण्डको डाँडाबाट हिमालहरू स्पष्ट देख्न सकिन्छ। तपाईंलाई एउटा बेग्लै अनुभव हुनेछ। गोसाइकुण्ड डाँडाबाट झरेर फेरी बनेपा आएर तपाईं धुलिखेल जान सक्नुहुन्छ। धुलिखेल अत्यन्त  रमाइलो स्थानमा अवस्थित सुन्दर र सफा ठाउँ हो। यो काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम पनि हो। धुलिखेलबाट विस्मयकारी हिमालहरूको दर्शन गर्न पाईन्छ। प्राकृतिक सुन्दरताको फोटो क्यामरामा कैद गर्न चाहने मानिसहरूको लागि धुलिखेल स्कटल्याण्ड भन्दा सुन्दर लाग्न सक्छ। काभ्रेपलाञ्चोक जिल्लाको सुन्दरता जति बयान गर्दा पनि सकिदैन। त्यसैले त यहाँ मिठा मिठा गीतहरू लेख्ने गीतकारहरू जन्मन्छन्। यहाँको सुन्दरताले नै मानिसहरूलाई गीतकार बनाई दिन्छ। विश्वका अग्ला हिमालहरू हेर्न धुलिखेल जति उपयुक्त स्थान नेपालमा अर्को छैन। धुलिखेल पुगेपछि उत्तर तिर हेर्दा विश्‍वकै अग्ला हिमालहरूले तपाईलाई अभिवादन गरिरहेको भान हुन्छ। अझ यहाँ बहने चिसो चिसो हावाले तपाईंलाई रोमान्चित बनाउँछ। धुलिखेल पनि नेवार वाहुल्य भएको नगर हो। यहाँका नेवारहरू व्यापार व्यवसाय गर्न नेपालका सबै जसो बजारमा छरेका छन्। साथै सिक्किम, दार्जिलिङ्गमा समेत धुलिखेलका व्यापारीहरू पुगेका छन्। धुलिखेलमा काठमाडौं विश्वविद्यालय पनि रहेको छ।

धुलिखेलमा सुविधा सम्पन्‍न होटेलहरू पनि प्रशस्त छन् धुलिखेलमा तपाईंले जिपलाईनबाट एडभेन्चरको मज्जा पनि लिन सक्नुहुन्छ। पर्यटकहरूले धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिका जोडने जिपलाईनको रोमान्चक यात्रा गर्न सक्छ, यहाँ डोरीको सहायताले पहाडको एउटा टाकुराबाट अर्को टाकुरासम्म यात्रा गर्न सक्छ। धुलिखेलमा बलिउडका धेरै फिल्महरू पनि सुटिङ्ग भैसकेका छन्। अमिताभ वच्चनको “महान“ फिल्म र मिथुन चक्रवर्तीको “आँधीतुफान“ मा पनि यहाँको दृष्य देख्‍न सकिन्छ। धुलिखेलबाट तपाईं पाँचखाल गएर सुन्दर उपत्यका हेर्न सक्नुहुन्छ। पाँचखालबाट वरपरको दृष्य हेर्दा तपाईंले आफुलाई भुल्नु हुन्छ। यहाँ शान्ति सेनाको तालिम केन्द्र पनि रहेको छ। पाँचखालमा उत्पादन हुने तरकारी राजधानीका भान्साहरूमा पाक्दै आईरहेको छ। पाँचखाल पछि तपाई दोलालघाट जान सक्नुहुन्छ। त्यहाँ कलकल बगेर आइरहेको इन्द्रावती नदीको सुन्दरताको दृष्य देखेर तपाईं छक्क पर्नुहुन्छ, साथै इन्द्रावती नदी र सुनकोशी नदी मिलेको दृष्यले तपाईंलाई अति आनन्दित बनाउनेछ। इन्द्रावती नदीको किनारमा तपाईंले पिकनीक पनि मनाउन सक्नुहुन्छ। दोलालघाटबाट फेरि फर्केर तपाईं पनौती जान सक्नुहुन्छ। नेवारहरूको वाहुल्यता भएको प्राचिन नगर हो। यो नगरलाई प्राचिन कालमा पाञ्‍चाल नगर भनिन्थ्यो। काभ्रेपलाञ्चोकका मानिसहरू अति मिलनसार र सुन्दर देखिन्छन्। यहाँको नमोबुद्ध तथा पलाञ्‍चोक भगवति क्षेत्र पनि पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण मानिन्छ। बिस्तारै काभ्रेपलाञ्चाेक जिल्लाले शैक्षिक हबकाे रुपमा पनि परिचय बनाउदै लगेको छ। अहिले काभ्रेपलाञ्‍चोक जिल्ला प्राचिनता र आधुनिकताको यस्तो संगम भएको छ कि जहाँ हजारौ मानिसहरू विभिन्‍न उद्देश्य लिएर आउँछन्, चाहे त्यो पर्यटनको लागि होस्, चाहे त्यो शिक्षाको लागि होस्, काभ्रेपलाञ्चोक जिल्लाको विशेषता यो हो कि यसले सबैलाई आफ्नोपन महसुस गराउँछ।

 

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In