भैरहवास्थित देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
उद्घाटनअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम को जहाज र अन्तर्राष्ट्रिय विमान जजिराले एयरवेजले पहिलोपटक आज बिहान यस अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले जजिराको अवतरण सफल भएको बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रमुख गोविन्दप्रसाद दाहालले विमानस्थल सञ्चालनपछि नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य वृद्धि हुने बताए।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।
Discussion about this post