काठमाडौं । ६ बैशाख ०७९ । नेपाल ख्रीष्टियन समाज(एनसीएस)का महासचिव डिल्लीराम पौडेलले अब नेपालका चर्चहरुमा एकताको लहर छाएको बताउनु भएको छ ।
नेसनल चर्चेज फेलोसिप अफ नेपाल(एनसीएस), नेपाल ख्रीष्टियन समाज (एनसीएस) र राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल(एफएनसीएन) को संयुक्त आयोजनामा यही बैशाख ४ गते कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित इस्टर महोत्सवमा महासचिव पौडेलले सो कुरा बताउनु भएको हो ।
महासचिव पौडेलले एनसीएफ नेपाल,एनसीएस नेपाल र एफएनसीएनबीच भएको कार्यगत एकताले देशभरका चर्चहरुमा खुशी छाएको भन्दै उहाँले यो कार्यगत एकतासँगै अब नेपालका चर्चहरु एक भएको भन्नुभयो ।
उहाँले नेपालभर र नेपालवाहिरका नेपालीभाषी चर्चहरुले पनि यस्तो एकताको चाहाना पहिलेदेखि गरेकाले त्यसकारण पनि यी तीन लिडिङ संस्थाहरुबीच एकताको विकल्प नरहेको भन्दै यो एकताले देशभरका चर्चहरुमा सकारात्मक संदेश प्रवाह गरेको औंल्याउनु भयो ।
जहाँ इगो र लोगो हुँदैन त्याहाँ एकता संभव छ, त्यसैले यो कार्यगत एकताले हाम्रा इगो र लोगोको घमण्ड तोडिदिएको छ ’– पौडेलले भन्नुभयो – ‘यो एकताले सारा नेपालभरका चर्चहरु परमेश्वरको राज्यको लागि एक ढिका भएका छन् ’।
उहाँले अब नेपालमा प्रार्थनाको अभियानको खाचो रहेको भन्दै नेपालमा अब धर्म परिवर्तन होइन अब सुसमाचार र चेलापनको अभियान संचालन गरेर राष्ट्रलाई नै रुपान्तरण गर्नु अबको आवश्यक्ता रहेको बताउनु भयो ।
Source: Turahi.com
Discussion about this post