• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, December 5, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

“मण्डलीको मिसन धर्म परिवर्तन होइन जीवन र समाज परिवर्तनका लागि निर्दिष्ट हुनु पर्दछ” 

by NC News Desk
January 3, 2022
in Articles

–केपी अधिकारी-अगुवा, फिलाडेल्फिया चर्च, भैसेपाटी / ललितपुर

आज संसारमा कुल जनसंख्याको ३२ प्रतिशत मानिसहरु इसाई धर्ममा आस्था राख्छन् अनि विश्वको तथ्यांकलाई  हेर्दा सबै भन्दा बढी मानिसहरु क्रिस्चियन रहेका छन् I

आज संसारमा चाहेर पनि कसैले अरुको धर्म परिवर्तन गर्न र गराउन  सक्दैन किनभने हरेक व्यक्ति आफैमा एक पूर्ण र विवेकशील हुन्छ, उसलाई आफ्नो जीवनको महत्व थाहा हुन्छ अनि आफु, आफ्नो परिवार, समाज अनि देशका बारेमा सजग रहेको हुन्छ I  मानिस शरीर, प्राण अनि आत्मा गरि तीन प्रमुख शक्तिद्वारा चलिरहेको हुन्छ I

शरीर र प्राणले मात्र चलिरहदा मानव जीवन उ पूर्ण भएको महसुश गर्न सक्दैन अनि उसलाई आत्मा अनि त्यसको ज्ञान र त्यहि ज्ञानबाट स्वचालित हुनु आवश्यक छ I जब मानिसलाई आफ्नो जीवनको उत्पत्ति र यात्रा बारे बोध हुन्छ अनि यो जीवन कहानी र अर्थबारे गहिरो रुपमा जान्न चाहन्छ, त्यस पछी नै परमेश्वरको डर र भयमा आफुलाई पाउँछ र रमाउन थाल्छ I

जीवन र जगत मानिसको आफ्नो सोच र दर्शन नभएर यो त परमेश्वरको महान योजना अनि आज्ञा हो जसद्वारा हामी आज मानव भएका छौं I यो मानवले आफ्नो ईच्छा अनुरुप जीवन चलाउने कारणले गर्दा संसारमा आज संयौ प्रकारका झगडा, वैमनश्यता, डाह, आर्थिक, सामाजिक, राजनैतिक द्वन्द्व, धार्मिक अविश्वास अनि मत मतान्तरहरुको विकास आदि जस्ता  परमेश्वरको ईच्छा विपरितका कुराहरु भैरेहेका छन् I

नेपालमा सदियौं देखि स्थापित मानव निर्मित परम्परा र अन्ध विश्वासले गर्दा पहिलो पुताले अंगालेको सनातन रुपी आस्थालाई नै दोस्रो तेस्रो पुस्ताले अंगाल्नु पर्ने कुना नियम कानुन छैन तर मानिसले आफ्नो खुशी अनुरुप हेर्ने दृष्टिकोणलाई यथावत राख्ने प्रयास मात्र गरेको र त्यसैको प्रभाव सरकारमा पनि जमेको पाइन्छ किन कि सरकार, सत्तामा रहने मानिसहरु पनि त सोहि समाजकै सदश्य नै हुन् I विगत ७५ वर्षको इतिहासलाई नियाल्ने हो भने नेपालमा समाज परिवर्तनको गति अनि विकासका थुप्रै नया आयामहरूले स्थान नपाएको होइन तर सबै विकासले मानवलाई अन्तस्करणसम्म छुन भने केहि बाँकी नै छ I

मानव सभ्यतालाई आधुनिक टेक्नोलोजीले एडभान्स बनाए पनि आत्मिक रुपमा मानिस ठिक रहन ईश्वरको आदेश पालना गर्नै पर्ने हुन्छ र यो बिना मानिस असल र खराबको बीचको फरक ठम्याउन पनि सक्षम हुदैन I के असल र के खराब छ भन्ने कुरा केवल परमेश्वरको विधि र विधानमा हुन्छ I मानिस असल बाटो तिर जान्छु भनेर मात्र पुग्दैन परमेश्वरको आज्ञालाई पालन गर्नु पर्दछ I अनि यो आज्ञा पालन गर्नु भनेको परमेश्वरलाई चिन्नु र पछ्याउनु हो अनि सो अनुसार जीवन जिउनु हो I

नेपाली समाजको पुरातन सोच र नीति नियमहरुका कारण आज पनि धेरै मानिसहरु प्रताडित भइ रहेको अवस्था छ I सामाजिक मूल्य मन्यताहरु समाजका केहि व्यक्तिहरुले आफ्नो ईच्छा अनुरुप बनाउने अनि अरुले पालना गर्नु पर्ने बाध्यता छ I अनि देशको कानून र ऐनहरुलाई पनि साँघुरो प्रकारले अर्थ लगाई इसाई समाजको मान हानी गर्ने, मुद्दा हाल्ने र थुन्ने काम समेत राज्य पक्षबाट भएका छन् जसका कारण इसाई जगत आफ्नो आस्था र प्रचारलाई डराई डराई गरिरहनु परेको छ I

यस्ता समाजमा जकडिएका मानव निर्मित नियमहरु परमेश्वरको नियम विपरित भएकोले  मानिसहरुले आफ्नो जीवन परिवर्तन गर्न खोज्दा परमेश्वरलाई भेट्टाए अनि जीवन परिवर्तन हुन्छ यो जीवन परिवर्तनलाई अरुले धर्म परिवर्तन भनेर आरोप लगाउनु भनेको गलत हो र यो धर्म परिवर्तन भन्नुको सट्टा बरु किन जीवन परिवर्तन गरेको र गराएको भनेर सरकार अनि समाजका बरिस्ट जनबाट सातवट आयो भने सान्दर्भिक हुन्थ्यो होला I

मानिसले म आफु परमेश्वरको नजिक जान्छु, अनि  समाज र  देशको लागि काम गर्छु भन्ने भावना बोकेर जिएको जीवनलाई धर्म परिवर्तन गरेको जीवन भन्ने कि समाज र देशका लागि केहि गर्न खोजेको भन्ने ? यस प्रश्नको उत्तर हामी तमाम् ईसाईहरु बीच छ र हामीले पनि आफ्नो जीवन परिवर्तनको गवाही दिंदै स्थानीय देखि केन्द्र तहको सरकारी निकायसंग राम्रो सहकार्य गर्दै जानु नो आजको आवश्यकता हो I

हामीले भन्न सक्नु पर्दछ कि हामीले धर्म होइन जीवन परिवर्तन गरेका छौं र यो परिवर्तनले समग्र समाज र देशको परिवर्तन सकारात्मक रुपमा गर्दछ र नेपाली मण्डलीले गर्ने सेवामा सरकार पनि हातेमालो गर्न असल हुन्छ भन्ने संदेश जात ततै दिनु पनि आवश्यक छ I साथै पवित्र शास्त्र बाइबलले हामीलाई आदेश गरे अनुसार हामीहरु देशका उच्च अधिकारीहरु, सरकार अनि प्रशासक हरुको लागि प्रार्थना गरि रहनु पर्दछ अनि हामी रहेको स्थानमा हामी नुन र ज्योती बन्नु अपरिहार्य छ I

अत : हामी ख्रीस्टका  जनहरुले जँहा जसले जे भनेर सातवट गरे तापनि हामी हाम्रो जीवन परिवर्तन गरेका अनि सो अनुसार समाज र देशमा पनि परिवर्तन गर्ने बाहक हौँ भन्ने प्रमाण दिन तयार हुनु पर्ने छ I

जीवन परिवर्तन अनि समाजमा शान्ति अमन चैन भएका प्रमाणहरु निम्न अनुसार दिन सक्नु पर्दछ :

  • ख्रीस्टलाई चिनेर समाजमा मण्डली जाने अनि आफ्नो विश्वासमा लाग्ने भएकाहरुले अनन्तको शान्ति पाएका छन्
  • समाजमा जातभात र छुवाछुत बाट अजित भएका जनताहरुले मण्डलीको समाजमा समावेशिता भएको अनुभव गरेका छन्
  • समाजमा रहेका टुहुरा , अति विपन्न र सीमान्तकृत धरातलमा रहेका मानिसहरुले आफ्नो आत्म सम्मान पाएको अनुभव गरेका छन्
  • समाजमा आर्थिक विपन्नताका कारण शिक्षा हासिल गर्न नसकेका वर्गका लागि मण्डली र संघ संस्थाहरु बरदान सावित भएका छन्
  • स्वास्थ्य सेवा , शिक्षा, समावेसी विकासका क्षेत्रमा राम्रा कामहरु भएका छन्
  • व्यक्तिको आत्म ज्ञान र आत्मिक विकासको कारण समाज भित्र घट्ने नकारात्मक घटनाहरुको न्यूनीकरण भएको छ
  • मानिसको जीवनमा धेरै रुपान्तरण भएको छ जसले गर्दा परिवार , समुदाय र समाज आत्मिक अनुशाशन भएको र अरुलाई पनि साक्षि बन्ने वातावरणको निर्माण भएको छ
  • अन्तरास्ट्रिय क्षेत्रमा देशको बारेमा राम्रो संचार भएको र धेरै मिसिनरीबाट देशमा सेवा  भई रहेको छ

धर्म प्रचार गरेको आरोपमा इसाई जगतका एक जना पास्टरलाई २ वर्षको कारावास सजायं फैसला गर्ने न्यायालयका हिन्दु कर्मचारीहरुलाई देशको धर्म हुँदैन भन्ने पनि थाहा नभएर होला I यदि यसरी नै फैसला गर्दै जाने हो भने नेपालमा ७५ वर्ष अघि देखि इसाई व्यक्ति, दाता, संस्थाहरुद्वारा संचालित शिक्षा, स्वास्थ्य, विकास निर्माण र मानव कल्याणका सबै कार्यक्रमहरुलाई पनि मुद्दा हाल्नु पर्यो र यसरी विकास गर्न, कल्याणका काम गर्न, विरामी उपचार गर्न, राम्रो शिक्षा प्रदान गर्न पाइदैन भन्नुपर्यो अनि संचालक सबैलाई गिरफ्तार गर्नुपर्यो I

राज्य पक्ष अलि अनुदार भएका कारण अपेक्षित सेवाका क्षेत्रहरु संकुचित हुँदै गई रहेका छन् देशमा I यस्तो बेलामा हामी सबै इसाईहरु, नेतृत्व तहमा रहेका अगुवाजनहरु, संघ संस्था, मण्डली सम्प्रदाय, जे जे नाम गरी मन्च खडा गर्दै रहेका छौँ सबै एक जुट भई अगाडि बढ्नुको विकल्प छैन र देशमा नयाँ पहलकदमीको सुरुवात गर्नु अति आवश्यक कुरा भएको छ I सबैलाई समेट्ने गरी इसाई सरोकार केन्द्र स्थापना गरी अगाडि नबढी नहुने तर्फा सबैको ध्यान जाओस्, परमेश्वरले हामी सबैलाई सद्बुद्धि दिऊन् !

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In