पुष-४, येशु ख्रिस्टको जन्मोत्सब ख्रिस्टमसको अवसरमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका, प्रगति टोल धादिङ बेशिमा बृहत रक्तदान कार्यक्रम सप्पन्न भयो । धादिङ पिसोन संयुक्त प्रार्थना सङतीको आयोजनामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा विभिन्न मण्डलीका पास्टर अगुवा, बिस्वासि, सङघ सस्थाका प्रतिनिधि तथा ब्यावसायीहरु र अन्य गरि जम्मा ५६ जना सहभागिहरुले रक्तदान गर्नुभएको धादिङबेसि अभिषेक चर्चका पास्टर टेक बहादुर तामाङ्ले जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रमको सह आयोजकको रुपमा मिसन होटल एण्ड रिसोर्ट प्रा लि र धादिङ आल्मुनियम उद्योग प्रा लि रहेको थियो भने प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटीले धादिङले गरेको थियो । पिसोन संयुक्त प्रार्थना सङगती धादिङ्बेसी र यश आसपासका मण्डलीहरुको एउटा समूह हो यसले सेवाकाइका क्षेत्रमा मात्र नभई समयसमयमा सामाजिक कार्यहरूमा पनि उत्तिकै सक्रिय भुमिका निर्वाह गर्दै आएको छ । बिगतमा पनि रक्तदान कार्यक्रम, सरसफाइ कार्यक्रम, कोरोनाको समयमा कसैले वास्ता नगरेको सब ब्यवस्थापन साथै अन्य थुप्रै काम गर्दै धादिङ पिसोन अगाडी बढी उदाहरणीय काम गर्दै आएको छ ।
प्रकाश घले
Discussion about this post