सेकुलर गीत सुन्नु हुन्छ कि हुन्न?
सेकुलर भारत र नेपाल छोडेर मात्र
यस्तो तर्क ल्याउनु पर्ला कि?
बसमा यात्रा नगर्ने, वा
गाउँ-घरको कार्यक्रममा नजाने, वा
टिभी र मोबाइल केहि नहेर्ने मात्र
यस्तो प्रश्न गर्नु पर्ला कि?
मुख र नाकमा मास्क लाए पनि
सास त लिनै पर्छ, तर शुध्द मात्र!
अब कानमा पनि मास्क लाउने गरौं
अनि सुनौ शुध्द र असल कुरा मात्र!
सन्तुलन बनाइ-रहन नसक्नेले
न-सुनेकै राम्रो
कति कमजोर रहेछ……. हाम्रो सोंच
यति धेरै पढ्नेहरु पनि बने खोंच
कलबरीको चित्कारले पनि
बुचाउन सकेन हाम्रो परम्पराको दूलो।
सन्तुलन बनाइरहन नसक्नेले
खाना पनि नखाएकै राम्रो
पेट दुख्छ, पखाला चल्छ।
सास पनि नफेरेकै राम्रो
कोरोना सर्छ,
कोभिड १९ ले पेल्छ
अनि बकालमै मर्छ।
लक्ष्मणरेखा भन्दा रिस उठ्छ होला
तर यही रेखा क्रस गर्दा
भएभरका समस्याहरु आइपरेका थिए।
अनुशासनहिनता र अट्टेरीपनका
दुई खुट्टाहरुलाई ‘एम्यूटेसन’ गरेर
अनुग्रह र एकताका लौराहरुले
आफ्ना बगालहरु चराउने गरौ (जकरिया ११:७)।
जबर्जस्तीका नियमहरु ल्याएर
शान्तीसंग जिइरहेका मनहरुलाई नपिरलौं
पावलकै भाषामा भनौ त?
‘नत्रता तिमीहरु संसारबाट निस्किजानुपर्छ’ (१को.५:१०)।
साँचो प्रभुको साँचो भक्ति गर्नेहरुले
कहाँ सेकुलर गीत संगित सुन्ने फुर्सद पाँउनेर?
पवित्र आत्माको भरपूरीमा समर्पित भई
सारा संसारमा साक्षी बन्ने मिसनमा नलागेर?
हाम्रो धर्म ‘नगर्ने’ हरुको चरमचूली होइन
हाम्रो धर्म कुन गर्नेहरुको छनौट अभ्यास हो।
सर्वप्रमुख चाहिँ हो प्रभु येशूमा विश्वास गर्ने
र जीवनभर उहाँको जीवन साक्षी बनी रहने !!
रेभ. डा. छत्र सुब्बा पावल
Discussion about this post