सेकुलर गाना सुन्नुहुन्न कि हुन्न?
भन्ने प्रश्न उत्तर दिनु अघि
यी प्रश्नहरुको उत्तर आए हुन्थ्यो—
सेकुलर संरारमा बस्नु हुन्छ कि हुन्न?
सेकुलर भोजन खानु हुन्छ कि हुन्न?
सेकुलर बजारमा शपिङ गर्नु हुन्छ कि हुन्न?
सेकुलर नोकरी वा व्यवसाय गर्नु हुन्छ कि हुन्न?
सेकुलर शिक्षा हासिल गर्नु हुन्छ कि हुन्न?
सेकुलर लेख, कथा, कविता पढ्नु हुन्छ कि हुन्न?
जुन कविता माथी संगित भर्दा सेकुलर गीत बन्दछ!!
यदि उत्तर आएन भने– कोरोनालाई सोध
पशुपतिनाथमा जलाउनु हुन्छ कि हुन्न !
यस्ता प्रश्न गर्नेहरुले—
माँया–प्रेम गर्छन् कि गर्दैनन्?
देश–सेवा गर्छन् कि गर्दैनन्?
दु:ख–सुख बुझ्छन् कि बुझ्दैनन्?
सफलता–असफलता जान्दछन् कि जान्दैनन्?
किनकि सेकुलर गितहरुले यस्तै कुरा गर्छन्!
माँया-प्रीतीको, यात्राको, दु:ख-सुखको, जातित्वको
भावना, अनुभूति र महसूसको कुरा गर्दछन्!
यसको अर्थ बाँदरलाई लिस्नु चाहिँ होइन नी
जे परमेश्वरको हो, परमेश्वरलाई देऊ
जे सिजरको हो, सिजरलाई देऊ
त्यति मात्र बुझेर आफ्नो विवेक चलाऊ ।।
हेर्नु र नहेर्नु
खानु र नखानु
जानु र नजानु आत्मिक हुने भए
विचरा येशू क्रुसमा व्यर्थै बलि हुनु भयो।
रेभ. डा. छत्र सुब्बा पावल
Discussion about this post