३१०८ कोरोना संक्रमित थपिँदा २५ जनाको मृत्यु

[ 0 ] July 20, 2021 |

नेपालमा आज ३१०८ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमित फेला परेका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।

यस्तै आज २५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १५९५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी आजसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै कुल मृतकको संख्या ९ हजार ६०७ पुगेको छ ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4