थप २,९१८ जनामा कोरोना संक्रमण, ५,१४७ जना निको

[ 0 ] June 14, 2021 |

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै यो अवधिमा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ । हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकामा थप ६०७ जना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा सोमबार ६०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३९६, ललितपुरका १४५ र भक्तपुरका ६६ जना छन् । काठमाडौं उपत्यकामा ८१८२, भक्तपुरमा २४३४ र ललितपुरमा ३४४२ सक्रिय संक्रमित छन् ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4