२४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण

[ 0 ] June 10, 2021 |

काठमाडौं– नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ९०१ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ जहरा ८७४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८७५ जनामा संक्रमण पुष्टि भएको हो।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4