एनसीएफ नेपाल गण्डकी प्रदेशको नयाँ कार्यसमिति

[ 0 ] March 27, 2021 |

यही चैत्र ११ र १२ गते नेपाल गण्डकी प्रदेशको वार्षिक सम्मेलन तथा अधिवेशन पोखराको लामाचौरस्थित लामाचौर चर्चमा सम्पन्न भएको छ ।

अधिवेशनले सर्वसम्मतिबाट अक्ष्यक्षमा एल्डर प्रकाश श्रेष्ठ, सचिवमा पास्टर नारायण पौडेल, कोषाध्यक्षमा पास्टर हरिराम घिमिरे, सदस्यमा पास्टर हिरा गुरुङलाई निरन्तरता दिएको छ भने नयाँ पदाधिकारीहरुमा उपाध्यक्ष पास्टर नवराज पाण्डे र सदस्यहरु क्रमशः पास्टर भरत बहादुर गुरुङ, अगुवा प्रितम मगर, पास्टर याम बहादुर थापा, पास्टर भोलानाथ न्यौपाने, अगुवा जोन वि.क. चयन भएका छन् । साथै सल्लाहकारहरुमा अ.पा.मुक्ति ढकाल र पास्टर ग्रीष्म पराजुली कायम रहेका छन् ।

सम्मेलनमा प्रुमख वक्ताका रुपमा एनसीएफ नेपालका महासचिव पास्टर शेर ए.सी. रहेका थिए भने प्रमुख अतिथि पास्टर वीरबहादुर कार्की रहेका थिए । त्यस्तै अतिथिहरुमा एनसीएफ नेपालका सचिव पास्टर वीरबहादुर तामाङ, एनसीएफ नेपालका कोषाध्यक्ष पास्टर हिमाल राई, एनसीएफ नेपालका सञ्चार अधिकृत रुद्र वि.क., एबेनेजर बाइबल कलेजका प्रिन्सिपल किरण शर्मा, सोही कलेजका डिन पास्टर साउल श्रेष्ठ र ओएचपी नेपालका निर्देशक पास्टर अर्जुन भण्डारी रहेका थिए । सम्मेलनमा वक्ताहरुले फिलिप्पी २:५ मा आधारित रहेर उत्साहको वचन दिएका थिए जहाँ लेखिएको छ, “तिमीहरुमा यस्तो मन होस् जो येशू ख्रीष्टमा पनि थियो ।” सम्मेलनमा गण्डकी प्रदेशभित्रका चर्चहरुबाट करिब २०० जना पास्टर–अगुवाहरुको सहभागिता रहेको थियो ।

कमल पोख्रेली

लमाचौर पोखरा ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4