पास्टर डेभिड आचार्यद्वारा लिखित ‘मुरूभूमिको यात्रामा परमेश्वरसँगको हिंडाई’ पुस्तकमा सेवाकाईमा आउने उतारचढाव र पारिवारीक अवस्थाका अनुभवहरूलाई समेटेर लेखिएको छ। पुस्तकमा सेवाकाइको अनुभव र ख्रीष्टियन वैवाहिक सम्बन्धका व्यवहारिक पक्षलाई सरल भाषामा उतारिएको छ। १९८ पेजको पुस्तकमा सेवाकाइ गर्दै गर्दा विषयहरू समेत समेटेर लेखिएको पुस्तक वर्तमान अवस्थामा विभिन्न क्षेत्रमा रहेर सेवाकाई गर्नेहरूको लागि पनि प्रेरणाको श्रोत बन्न सक्छ।
सारा मिनिष्ट्रिज नेपालद्वारा प्रकाशित पुस्तक एक समारोहमा पास्टर सुन्दर थापा र पास्टर डा. तेज रोक्काद्वारा विमोचन भएको छ।
पुस्तकमा निम्न विषयहरू समावेश गरिएका छन्:
➡️जोडी खोज्न परमेश्वरको अगुवाइ पर्खनु पर्छ
➡️पतिपत्नी र परमेश्वरसँग घनिष्ठ सम्बन्धले परिवारमा आशिष ल्याउँछ
➡️ परमेश्वरकाे नजरमा परिवार
➡️छोराछोरीहरूलाई बाइबलीय नक्शामा हुर्काउनु पर्छ
➡️ सेवाकाई गर्न दोमन भएकाहरुको लागि बोलावटलाई कसरी निश्चय गर्ने ?
➡️सेवाकाई गर्दै जाँदा मरुभूमिको तापले गर्दा हार खाई रहेका सेवक- सेविकाहरुलाई उत्साह दिनु
➡️सेवाकाईको चापले गर्दा मानसिक तनाव र त्यसबाट विजय
➡️ नेपालमा अबको सेवाकाई
➡️ मण्डली वृद्धिका रणनीति योजनाहरु आदि
प्रति पुस्तक मूल्य रु. २००/-
Discussion about this post