लाओडिसिया (कविता)

[ 0 ] October 20, 2020 |
Khupen Sunuwar

Khupen Sunuwar

 

 

 

 

प्रिय लाओडिसीया

तिमीलाई न्यानो अभिवादन

तिम्रो विगतको वैभवशाली प्राचिन इतिहास

आजको वर्तमान एक्लिसिया दुरूस्त दस्तावेज भको छ

तिम्रो शहरका आँखाहरूलाई

तिम्रो भाईका हातहरूको दरोकार पर्दा

तिम्रो शहरका शिरहरूले

तिम्रो भाईका खुट्टाहरूलाई ईन्कार गरेका छन्

तिम्रो शहरको सँघारमा घाम डुव्दैन

तिम्रो शहरमा भोका नाँगा निमुखा हुँदैन

यसैकारण हुनुपर्छ अभिमानी रथ हाँकेर

तिम्रो शहर समृद्धिको बाटोमा आडम्बरले छाती फुलाउछ

प्रिय लाओडिसिया..!!

तिम्रो शहरको बाटो बाट बग्ने मनतातो पानी जस्तै

अप्रिय, उराठ, उदास, अस्वस्थ भको छ एक्लिसीया

तिम्रो शहरको व्यथा, व्यथिती र कथा जस्तै

भौतीक सफलताको झुठो प्रभावमा फसेको छ एक्लिसिया

तर व्यवस्था विपरीत

तिम्रो विरूद्ध रहेको तमसुक

त्यसका सबै सबै कानुनी दाबीहरू

कलवरीको क्रुसमा किला ठोकी रद्ध गरिदिनुहुने

जिवीत येशु हाम्रो ह्रदयको मुल ढोकामा उभिएर

फेरी भन्‍नुहुन्छ; जिवित पानिको स्वच्छ मुहान म नै हुँ

Facebook Comments

Category: Literature, Poetry, कबीता


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4