चुपचाप एकान्तमा (गजल)
चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन
चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन
जिन्दगिको सारा भुलहरू सम्झेर पछुताउनु पर्दैन
चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन…..
धन्य हो त्यो मानिस, जो हिड्छ धार्मिकताको मार्गमा
धन्य हो त्यो मानिस, जो हिड्छ परमेश्वरसित साथमा
धन्य हो त्यो मानिस, जो हिड्छ निर्दोषहरूको बातमा
रसिला उस्का आँखाले रातदिन पानी बगाउनु पर्दैन
चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन
धन्य हो त्यो मानिस, जो राख्छ विश्वास अदृश्यमा
धन्य हो त्यो मानिस, जो भाग्छ भिष्म परिक्षामा
धन्य हो त्यो मानिस, जो जाग्छ आधा अँध्यारोमा
धमिला उस्का आँखाले रातदिन शिरानी भिजाउनु पर्दैन
चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन
धन्य हो त्यो मानिस, जो डाँडाको शहरमा लुक्दैन
धन्य हो त्यो मानिस, जो काँडाको बाटोमा दुख्दैन
धन्य हो त्यो मानिस, जो घृणाको ओठमा थुक्दैन
प्रेमीला उस्का आँखामा रातदिन रोदन फिजाउनु पर्दैन
चुपचाप एकान्तमा आँशु लुकाउन पर्दैन
चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन
जिन्दगिको सारा भुलहरू सम्झेर पछुताउनु पर्दैन
चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन…..
Category: गजल