विलाप
एउटा फुल
बतासले नछुई भुईमा खसेछ
एउटा जुन
बादललाई नसोधी नदिमा बगेछ
एउटा धुन
हावासँगै आकाशमा हराएछ
एउटा गित
सुर्यसँगै डाँडापारी अस्ताएछ
आँसुको दहमा
डुवे होला कँयौ सपनाका गितहरू
ह्रदयको गहमा
भिजे होला कँयौ विहानका शितहरू
पिपलको
पहेलो पातझैँ
सुकिजाने जोवनको के कुरा ?
मैदानको
लिली फुलझैँ
झरिजाने यौवनको झन के कुरा ?
एक थुप्रो माटो
खरानी झैँ माटैमा
मिलीजाने जिवनको के भरोसा?
एउटा बाटो
कसैलाई नसोधी हिडेछ
एउटा पाईला
दोबाटोमै चुपचाप छुटेछ
(अनिस्चित अनि अप्रत्यासित अवश्यंभावी मृत्युको
अन्तिम समय कर्ता बाहेक सृष्टिकर्तालाई मात्र थाहा छ)
खुपेन वेलायतबाट
Facebook Comments