• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, July 6, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

लकडाउनमा एकजना समाजसेवीको सराहनीय कदम

by Naresh Duwal
July 8, 2020
in Articles
नरेश दुवाल

कोरोना महामारी विरुद्धको युद्धमा धेरै ख्रीष्टियनहरुले आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहेका छन् । आज म भोका तथा निर्धनहरुलाई खुवाउने जस्तो परमेश्वरलाई सबैभन्दा मनपर्ने काम गरिरहेका एक जना व्यक्तिको बारेमा प्रकाश पार्नेछु । (कोरोना कालमा विभिन्न प्रकारले मानिसहरुलाई सेवा गरिरहेका अरु व्यक्तिहरु वा संस्थाहरु बारे पछि प्रकाश पार्दै जानेछु —लेखक)

कोरोना भाइरसले मानिसहरुको शरीरमा आक्रमण गरिरहेको छ, साथै संसारका सबै देशहरुको अर्थतन्त्रमा पनि हमला गरिरहेको छ । कोरोना महामारी सँगै विश्वमा भोकमरीको महामारी पनि सुरु भईसकेको विश्व स्वास्थ्य संगठन (WHO) का एकजना उच्चपदस्थ अधिकारीले चेतावनी दिएका छन् । संसारका सबैजसो देशहरु लकडाउनमा छन् । आर्थिक गतिविधि शुन्य जस्तै छ । धेरै मानिसहरुको रोजगार गुमेको छ । मानिसहरुलाई खानको लागि नै समस्या भइसकेको छ । मानिसहरु धेरै निराश भएका छन् । यस्तो अवस्थामा यदि भोकमरीबाट मानिसहरुलाई बचाउने हो भने समाजका सबै क्षेत्रका मानिसहरु अगाडि आउनु पर्दछ ।

कोरोनाको कहरपछि नेपालमा आत्महत्या गर्ने मानिसहरुको संख्या पन्ध्रसय भन्दा बढी भैसकेको छ । तर यस कोरोना महामारीको बीचमा पनि केही मानिसहरुले अत्यन्त राम्रो काम गरिरहेका छन् । आज म तीमध्ये एकजना तुलसी श्रेष्ठको बारेमा बताउँदछु ।

                                                    बौद्ध जोरपाटीमा तुलसी श्रेष्ठ खाना तयार गर्दै

तुलसी श्रेष्ठ र उनको टिमका मानिसहरु यस कोरोना कालको लकडाउन अवधिभर गरिब तथा निर्धनहरुलाई निःशुल्क खाना खुवाउन सक्रिय भइरहेको छन् । बौद्ध जोरपाटीका तुलसी श्रेष्ठ मूलत ब्यापारी हुन् । तर लकडाउनले गर्दा उनले व्यापार व्यवसायबाट केही समय बिश्राम लिनु पर्ने भयो । यस्तो बेलामा के गर्दा असल होला र खाँचोमा परेका मानिसहरुको सेवा गर्न सकिएला भनी तुलसी श्रेष्ठले सोच्न थाले । आफ्नो वरपर असंख्य निर्धन तथा भोका पेटहरु रहेको महशुस गरेपछि तुलसी श्रेष्ठ सामुदायिक भान्साघर (किचेन) संचालन गर्ने निर्णयमा पुग्छन् । त्यसको लागि उनले एउटा समूह (टिम) बनाउँदछन् । टिममा उनले आफु जस्तै समाजसेवाको भावना भएका मानिसहरुलाई समावेश गर्दछन् ।

कोरोना भाइरससँगको विश्वयुद्ध संसारका सबै देशहरुले लडिरहेका छन् । पहिलो र दोस्रो विश्वयुद्ध सम्बन्धित देशका सिपाहीहरुले लडे तर यो कोरोना महामारीका विरुद्धको विश्व युद्धमा डाक्टरहरु, नर्सहरु, पारामेडिकल स्टाफहरु, संचारकर्मीहरु, सफाईकर्मीहरु, सुरक्षाकर्मी तथा समाजसेवीहरुले लडिरहेका छन्। यो युद्ध अरु युद्ध भन्दा फरक तर बढी खतरनाक छ किनभने यो युद्ध आँखाले नदेखिने भाइरसको विरुद्धमा लड्नुपर्छ ।

तुलसी श्रेष्ठ त्यस्तै एकजना समाजसेवी कोरोना विरुद्धका फाइटर हुन् । तुलसी श्रेष्ठले समाजका विपन्न तथा गरिब वर्गहरुलाई निःशुल्क खाना खुवाएर उनीहरुको रोग प्रतिरोधी क्षमतामा बृद्धि गरेर कोरोना महामारी विरुद्धको लडाई लडिरहेका छन् । लकडाउनको अवधिभर तुलसी श्रेष्ठ र उनको टिमले बौद्ध जोरपाटी क्षेत्रमा हजारौं भोका पेटहरुलाई खाना खुवाउने काम गरेका छन् । तुलसीको टिमले हरेक दिन ५०० जनालाई दैनिक बिहान बेलुका खाना तयार गर्दछ । तुलसीले संचालन गरेको सामुदायिक किचेनमा नियमित खाना खान आउने श्याम कुमारले आफुूले सधै तुलसी र उनको टिमका सबैलाई मुरी मुरी धन्यवाद दिने गरेको बताए । उनी थप्छन्र्, तुलसीको टिमले नखुवाएको भए सायद कोराना कालमा म भोकभोकै भौतारिनु पथ्र्याे ।’

तुलसी श्रेष्ठको टिमका सदस्यहरु अस्पतालहरुमा खाना पु¥याउन जाँदै

तुलसी र उनको टिमका मानिसहरु बिहान सबेरै उठछन् र थोक बिक्रेताहरुबाट दाल, चामल र तरकारीहरु किनेर ल्याउँछन् अनि आ–आफ्नो कामको बिभाजन गर्छन् । कसैले खाना पकाउँछन्, कसैले भाडा माँझ्छन्, कसैले तरकारी काट्छन् । भान्साका खाना तयार भएपछि निर्धन तथा भोको पेट भएका मानिसहरु खाना खान लामबद्ध हुन आउँछन् । उनीहरुले खाना मात्र वितरण गर्दैनन्, तर खाना खान आउने मानिसहरुलाई सामाजिक दुरीको बारेमा जागरुक पनि गराउँछन् ।

आफ्नो भान्सामा आउनेहरुका साथै उनीहरु उपत्यकाका अस्पतालहरुमा पनि खाना वितरण गर्छन् । बीर अस्पताल, टिचिङ्ग अस्पताल, कान्ति अस्पताल तथा ट्रमा सेन्टरमा उनीहरु आफैले बनाएको खाना लिएर पुग्छन् । ती अस्पतालहरुमा उनीहरु बिहान र बेलुका नै खाना बोकेर जाने गरेका छन् । उनको टिमका मानिसहरु खाना बाँड्न विभिन्न अस्पतालहरुमा पुग्दा एकजनाले सामाजिक दुरी कायम छ कि छैन भनेर नियालिरहेको हुन्छ । तुलसी श्रेष्ठलाई यस काममा देश विदेशमा रहेका धेरै साथीहरुले सहयोग गरिरहेका छन् । सक्नेले आर्थिक सहायता गरिरहेका छन् । आर्थिक सहायता गर्ननसक्नेले प्रार्थनाद्वारा सहयोग गरिरहेका छन् ।

                         तुलसी श्रेष्ठको सामुदायिक किचेनमा खाना खानलाइनमा बसिरहेका मानिसहरु

लकडाउन अवधिभर कोही पनि नेपालीले भोकै बस्न नपरोस् भन्ने चाहना राखेर तुलसीले निःशुल्क खाना खुवाउने आफ्नो सामुदायिक किचेन भएको स्थानको नक्सा बनाएर धेरै मानिसलाई वितरण गरे । विपत्तिका बेला कोही पनि भोकै बस्न नपरोस् भन्ने चाहना तुलसी श्रेष्ठ र उनको टिमको रहेको छ ।

हामीले तुलसी श्रेष्ठले जस्तै आफ्ना छरछिमेकीमा रहेका बिपन्न, गरिब तथा रोजगार गुमाएकाहरुलाई सहयोग गरौ । कोहीपनि नेपाली भोकोपेट सुत्न नपरोस् ।

Related Posts

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In