भक्तिको स्खलन ( हाईकु शैलीमा कविता )

[ 0 ] June 23, 2020 |

        Khupen Sunuwar

गुलियो पाप
मुखैमा मृत्युले ढुकेको
मुक्ती अपहरण

चुनको वस्त्रले
सजेका धर्म गुरूहरू
मनभित्र चै कालो

सुनको मुर्ती
साटेर सृष्टीकर्तालाई
नगर व्यविचार

भोको पेटमा
आकाशबाट मन्न
तर आत्मा असन्तुष्ट

जिवन रोटी
अमुल्य मोती
तर कठै सुँगुरहरू

आँखामा आँशु
ह्रदयमा पत्थर
गोहीको पश्चाताप

भेटी दशाँस
नचढाउ वेदीमा
घाम डुवेपछी

अन्धो उपवास
उपदेश मन्दिरभीत्र
भिखारीलाई बेवास्ता

मगजमा वचन
व्यवहारमा दुर्गन्ध
र्मुर्दाझैँ बाँच्छ

विधिको दास
सिंहासनममा आसन
निकोलाईट्सको शासन

शक्तिको तृष्णा
आराधनाको अभिनय
भक्तिको स्खलन

बुद्धिको स्वाँग
शरिरलाई खिआएर
व्यर्थको उपासना

खुपेन सुनुवार वेलायतबाट

Facebook Comments

Category: Articles, कबीता


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4