२०७६ पुसको दोस्रो सातामा चीनको उहान शहरबाट शुरु भएको कोभिड–१९, संसारभरी महामारीको रुपमा फैलिएपछि नेपालमा पनि संक्रमण नफैलियोस भनेर स्वास्थ्य सुरक्षालाई मध्न नजर गर्दै नेपाल सरकारले २०७६ चैत्र ११ देखि लकडाउनलाई पूर्ण रुपमा लागू गरेको थियो । नेपालको ग्रामिण क्षेत्रबाट रोजगारीका लागी नेपालको राजधानी लगाएत सदरमुकाममा दैनिक ज्याला मजदुरीकालागी आएकाहरु घर फर्किन नपाउँदा र दिनक ज्याला मजदुरी गर्नेहरूको रोजगार ठप्प भए लगतै, खानाको समस्या बढ्न थालेको समाचार देशका प्रमुख मिडियाले निरन्तर समाचार छाप्न थाले ।
नेपाल ख्रीष्टिय राहत सेवाले स्थापनाकाल देखिनै विभिन्न प्राकृतिक प्रकोपहरुमा राहत वितरणकार्य गर्दै आएको जानकार नेपाल सरकारको स्थानीय निकाय, मण्डली र विभिन्न समूहहरुले राहतको लागी यस संस्थामा निवेदनहरु पठाउन शुरु गरे । सोही निवेदनलाई मध्य नजर गर्दै अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा स्थानीय मण्डलीहरुबाट संकलित रकम मार्फत् विषम परिस्थितिबाट गुज्रिरहेका विपन्न, सुकुम्बासी, दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने समूदायका मानिसहरुलाई नगरपालिका, वडा कार्यालयका प्रतिनिधिहरु र स्थानिय अगुवाहरूको सहभागीतामा चामल, दाल, तेल, नुन, चिउरा, गेडागुडी र साबुन वितरण गरियो । साथै रुकुम (पश्चिम) को मुसिकोट न.पा.को जिल्ला अस्पतालमा आईसोलेशन वार्डको लागी चाहिने ८ वटा बेडहरु र आठबिसकोट न.पा.का स्वास्थ्यकर्मीहरुलाई १० सेट पि.पि.ई., १० सेट थर्मल गन, २५० सेट सर्जिकल मास्क वितरण गरिएको थियो । हाल सम्म यस संस्थाले ललितपुर, भक्तपुर, काठमाडौं, रुकुम जिल्लाहरु गरी २२५४ परिवारलाई राहत वितरण गरीसकेको छ ।
Discussion about this post