अवास्तविक अनुहार
म कोरीरहेको छु
धमीलिदै गएको चित्र
अवास्तिवक अनुहारको प्रतिविम्ब
दोहोरो चरित्रको सिफारिस पत्र र झुठो हस्ताक्षर
उ आफैमा भ्रमको प्रतिक हो
जो नभएको जस्तो अभिनय गर्छ
अरूबाट प्रशँसाको अपेक्षा राख्छ
अभिमानको टुप्पा चढेर नम्रताको पाठ हाक्छ
वास्तवमा उ अवास्तविक अनुहारको प्रतिविम्ब हो
उ भक्तीको भेष ओडेर
शक्ती र महिमाको सिँहासनमा बस्छ
भित्री हर्दयमा जिजिबेलको मुर्ती राखेर
जिजसको नाममा वचनको व्यापार गर्छ
वास्तवमा उ अवास्तविक अनुहारको प्रतिविम्ब हो
उस्का घुम्टोले छेकेका आँखाहरूमा प्रतिशोध बल्छ
चिप्ला ओठहरूबाट चाप्लुसीका गुलिया मह चुहन्छन
बालुवाको जगमाथी बसेको छ उस्को विश्वासको धरहरा
उ आफैमा कमजोर असुरक्षीत आशँकीत निस्क्रिय पात्र हो
उ आफैमा धमिलिदै गएको चित्र
अवास्तविक अनुहारको प्रतिविम्ब
दोहोरो चरित्रको सिफारीस पत्र र झुठो हस्ताक्षर हो
छोटो परिचय
नाम:खुपेन सुनुवार
जन्मस्थल: हिमगँगा २ रामेछाप
हाल वेलायतमा सपरिवार बस्दै आएको छु
नेपाली सेवाको मण्डली: United nepali Revival Church Wembley
अँग्रेजी सेवाको मण्डली: praise harvest community church Tottenham