जेठ ७. डोटी कोरोना भाईरसका कारण देशभर लकडाउन अर्थात वन्दाबन्दीमा रहेका बेला आर्थिक अवस्था कमजोर भएका चर्च भित्रका २५ परिवारलाई आशिष चर्च दिपायलद्धारा राहात सामाग्री वितरण गरिएको छ । संकटको घडिमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने भावना बोकेको उक्त चर्चले विहिबार नेपाल सरकारले निर्धारण गरेको राहत प्याकेजलाई नै आधार बनाई करिब ५५ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको चर्चका पास्टर गर्भलाल तामाङले बताउनुभयो ।
सुदुरपश्चिम ईसाई पहाडी समाजको आर्थिक सहयोग र आशिष चर्चका सदस्यहरुबाटै गरिएको रकम संकलनबाट उक्त राहत सामाग्री वितरण गरिएको चर्चका कोषाध्यक्ष तिल बहादुर बोहोराले जानकारी दिनुभयो । धार्मीक आस्था फरक भए पनि परमेश्वरको प्रेम सबै धर्म मान्नेलाई समान रहेको भन्दै यस विपत्तीको बेलामा हरेक धर्माबलम्बीहरु हातेमालो गर्दै अघि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो । केहि हप्ता पहिले मात्र उक्त चर्चले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि दिपायल सिलगढी नगरपालीकालाई नगद रु ३० हजार आर्थिक सहयोग गरेको थियो ।
गोविन्द विश्वकर्मा
Discussion about this post