कोभिड–१९ को सक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउन लम्ब्याएपछि काठमाडौंलगायत विभिन्न स्थानबाट पैदल हिडेर गन्तब्यमा पुग्नेहरुको संख्या दिनानदिन वढेको थाहा पाएपछि पास्टर अमित शर्माले उनीहरुको दुख सहन नसकी आर्थिक सहयोग गरेको बताउनु भयो ।
मकवानपुरस्थित रमिला ट्रेडिंगका संचालक एवंम् लायन्स क्लब अफ बसामाडीका सदस्य समेत रहनु भएका पास्टर शर्माले यही वैशाख ५ गते मकवानपुरस्थित लायन्स क्लबलाई उक्त रकम हस्तान्तरण गर्नु भएको छ ।
समाचार श्रोतका अनुसार लायन्स क्लबले बाठमाडौं अथवा देशका विभिन्न स्थानबाट घर फर्किदै गरेका सर्वसाधारण तथा मजदुरलाई बाटोमै खाना खुवाउने काम गरि रहेको छ ।
कोभिड १९ को सक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउन लमब्याएपछि काठमाडौं तथा देशका विभिन्न स्थानमा दैनिक आय गरि जीवन गुजारा गरि खाने मजदुरहरु तथा सर्वसाधारण पैदल हिडेर भटाभट गन्तब्य फर्किनेहरुको भिड लागेपछि लायन्स क्लब मकवानपुरले पैदल हिडेर गन्तब्य लागि रहेका मजदुरहरुलाई बाटोमै खाना खुवाउने काम गरि रहेकोा छ ।
Discussion about this post