ललितपुर । ४ वैशाख ०७७ । दैनिक आय गरी जीवनयापन गर्ने सुकुम्वासी वस्तीका ५० घरधुरीलाई राहतस्वरुप कुसुन्तीस्थित अनुग्रह चर्चले खाध्य सामग्री वितरण गरेको छ । हिजो बुधबार चर्चका पास्टर किरण दास थापाथलीस्थित सुकुम्वासी वस्ती र बालकुमारीस्थित सुकुम्वासी वस्तीमा पुगी प्रत्येक परिवारलाई १५ केजी चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो नुन, मसला र १ पोका स्वायबिनलगायतका खाद्य सामग्री वितरण गरिएको कुरा बताउनु भएको हो । त्यसैगरि समाचार श्रोतका अनुसार अनुग्रह चर्च र माइका नेपालको आर्थिक सहयोगमा किर्तिपुरमा डेरागरी वस्ने त्रिभुवन विश्वविद्यालयका १०५ विद्यार्थीहरुलाई पनि राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । स्मरण रहोस् पछिल्लो समय विदेशमा भएका नेपालीभाषी चर्चहरु र काठमाडौंलगायत देशका सातै प्रदेशका चर्चहरु तथा इसाई समुदायबाट राहतस्वरुप खाद्यान्न वितरण गर्ने काम भएको छ ।
Discussion about this post