कोरोनाभाईरस (कोभिड-१९) र हाम्रो भूमिका:
मिन थापा, ओमाहा, नेब्रास्का
१. मानव जातिले बुझ्नु आवश्यक छ कि हाम्रो आंखाले देख्न नसकिने सानो भन्दा सानो किटाणुसंग पनि सामना गर्न नसक्ने हामी कति कमजोर रहेछौं भनेर।
२. आफैलाई सबैभन्दा बुद्विमानी र स्मार्ट ठान्ने मानव जाति कति कदम पछि रहेछौं भन्ने अहिलेको महामारीले प्रमाणित गरेको छ भन्नु पक्कैपनि दुस्साहास नहोला।
३. आफैलाई संसारको सबैभन्दा शक्तिशाली प्राणी ठान्ने हामी समस्त मानवजाति कोरोनाभाईरसको डरले आफ्नो घरको चारदिवारभित्र लुकेर बस्नु पर्दा हामी कति लाचार रहेछौं भनी स्मरण गराउनु नपर्ला।
४. संसारलाई आफ्नो मुठ्ठीमा राख्न अग्रसर चीन जो अझैपनि कोरोनाभाईरसको त्रासबाट उन्मुक्त हुन सकेको छैन र केवल दुई-तीन महिनामै ८० हजारभन्दा बढी पोजिटभ र तीन हजारभन्दा व्यक्तिले ज्यान गुमाएपछि कोरोना विरुद्व जित हासिल गरियो भन्दा यो भन्दा हाँसो लाग्दो कुरा केहि छ र?
५. सँसारको नम्बर एक ठान्ने अमेरिकालाई पनि कोरोनाभाईरसले नम्बर एक नै बनाईदिएको तथ्यले अमेरिका पनि कति लाचार र कमजोर रहेछ भनि यसले उदाँगो पारिदिएको छ।
अब के त?
१. हामी मानवजाति आफ्नै अधार्मिकता र पापको कारणले कोरोनाभाईरसको महामारी निम्त्याको हो भनी मानिलिने|
२. परमेश्वर मात्र हाम्रो आशा र भरोसा हुनुहुन्छ भनी मानिलिने।
३. सबैथोक परमेश्वरको अधिनमा र उहांको नियन्त्रणमा छ भनी मानिलिने।
४. सबैभन्दा पहिले हाम्रा पाप र अधार्मिकता मानिलिने र पश्चताप गर्ने।
५. सँगसँगै परमेश्वरसँग पुकारा गर्ने। पक्कैपनि धेरैजना व्यक्तिगत रुपमा विभिन्न ठाँउमा प्रार्थना भै राखेको छ तर अब सँसारभरि सँयुक्त रुपमा एउटै विषय, एउटै मन र एउटै आत्मामा भएर पुकारा गर्ने समय आएको छ। समय र भूगोलले हामीलाई एकै समय र स्थानमा सँगै हुन नसकौंला तर निश्चयपनि हामीलाई हृदय र आत्मामा एक हुन कुनै कुराले पनि छेक्न सक्दैन।
६. यदि सहमत हुनुहुन्छ र हामीसँग सँगै प्रार्थनामा घुँडा टेक्न समर्पित हुनुहुन्छ भने – आमेन भन्नुहोस् र एउटा निश्चित समय छुट्याउनुहोस् र निरन्तर कोरोनाभाईरसको विरुद्वमा प्रार्थनामा लाग्नुहोस्।
अन्तमा, रानी एस्तर, मर्दकै र ईस्रायलको प्रार्थना सुन्नुहुने, दानियलको प्रार्थना सुन्नुहुने, हन्नाको प्रार्थना सुन्नुहुनेले हामीलाई निराशा पार्नुहुनेछैन। हाम्रो विस्वास, आशा र भरोसालाई मर्नदिनुहुन्न र आाफ्नो प्रतिज्ञा र करारप्रति अटल रहि निश्चयनै हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ।
आमेन।
Source:
Discussion about this post