ललितपुर, पुष ४ ।
इसाई विश्वासअनुसार सारा संसारका मानिसहरूका एक मात्र मुक्तिदाता र प्रभु येशू ख्रीष्टको जन्मोत्सवको अवसरमा विगत केही वर्षदेखि बालबालिकाहरूका लागि मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको डिभाइन पार्टनरसिप मिनिस्ट्रीले यस वर्ष पनि क्रिसमस कार्यक्रम आयोजना गर्दैछ ।
पुष ५ गते शनिबार (डिसेम्बर २०) का दिन जिजस कलेज, नख्खिपोट ललितपुरमा १:३० देखि ५:३० बजेसम्म उक्त कार्यक्रम सञ्चालन हुने जानकारी आयोजक हेमन्त राईले दिनुभएको छ ।
उहाँले कार्यक्रममा हामी सबै भेला भएर प्रभुको महिमा गरौं । कार्यक्रममा शेर्पा,नेवार,सुनुवार,तामाङ्ग,विभिन्न अरू जातिहरूले आफ्नो भेष भुषा र भाषामा प्रभु येशूको जन्मोत्सवको नृत्य र गानाहरू प्रस्तुत गर्नुहुनेछ, भन्ने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा सुसमाचार पनि हुने भएको कारण आफ्नो परिवार,आफन्त,साथी संगीहरू सहित यस कार्यक्रममा आउन सक्नुहुनेछ।
कार्यक्रममा विभिन्न किसिमका स्टलहरू पनि हुनेछन् जसमा ख्रीष्टमसको सजावटका सामानहरू,घरेलु आवश्यक कुराहरू,जाडोको लागि न्यानो लुगाफाटाहरू, फेस पेन्टिङ र साथै विभिन्न खानाका परिकारहरू पनि राखिनेछन् ।
-Divine Partnership Ministries
https://www.facebook.com/112722666741184/videos/2622416181182201/?v=2622416181182201&external_log_id=de056f9998a7ca6266f19ccb66c13329&q=divine%20partnership%20ministry



















Discussion about this post