• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, December 2, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आज योम किप्पुरः प्रायश्चितको दिन

by Bidur Adhikari
October 31, 2019
in News & Events

October 08, Tuesday.

अक्टोबर ८, मंगलवार ।

Yom Kippur: A Day of Repentance

अगिल्लो हप्ता मात्र यहूदी नयाँ वर्ष समाप्त भयो भने, आज साँझबाट भोलि साँझसम्म २५ घण्टा यहूदी पात्रअनुसार विलाप, पश्चात्ताप र प्रार्थनासाथ प्रायश्चितको दिन सुरू हुँदैछ । यस दिनलाई योम किप्पुर भनिन्छ । 

तर पहिले रोश हशन्नाह, अर्थात् नयाँ वर्षको बारेमा थोरै बुझिराखैँ । यहूदी क्यालेण्डरको साताैँ महिनाको पहिला दुई दिनमा यहूदीहरूले अत्यन्तै महत्वका साथ यो चाड मनाउँछन् । क्याण्डल बाल्ने, मेवा मिष्टान्न खाने खुवाउने, प्रार्थना, बिहानै भेडाको सिङको तुरही फुक्ने (शनिवार अर्थात् सबाथ परेन भने), कामबाट विश्राम लिने अदि पर्दछन् ।

बिहानै तोरा पाठपछि ३० पटक तुरहि बजाइन्छ, साथै थप ७० पटक पनि बजाइन्छ । यदि कोही अशक्त बिरामी छ र सभाघरमा उपस्थित हुन सक्दैन भने, समुदायमै अथवा घरमै पनि तोरा पाठ गरेर सुनाउने व्यवस्था गरिन्छ ।

यस अवसरमा एकअर्कालाई अभिवादन गर्दा, पहिलो रातमा “वर्षैभरि तपाईंलाई असल होस्” भनिन्छ भने दोस्रो रातमा चाहिँ “जीवनको पुस्तका नाम लेखियोस् र सुरक्षित गरियोस्” भनिन्छ ।

पहिलो दिनको दिउँसो (शबाथबाहेकको दिनमा मात्रै) खोला नदीतिर नुहाउन जाने प्रचलन छ, जहाँ धार्मिक विधिपूर्वक पाप दोष पखालेर नदीमा बहाइन्छ ।

रोश हशनाहको पहिलो बिहान इसहाकको जन्म अनि हागार र इशमाएलको घरबाट निकालाको बारेमा वर्णन साथै शमूएल अगमवक्ताको जन्मको विवरण पाठ गरिन्छ, किनभने यी दुवै घटना रोश हशनाहको पहिलो दिनमा भएका थिए । दोस्रो बिहानचाहिँ अब्राहामले इशहाकलाई बलि दिन लागेको घटना पाठ गरिन्छ, जहाँ परमेश्वरले भेडा जुटाइदिनुभएर इशहाकको प्राण जोगाइदिनुभयो भन्ने सम्झना गर्न भेडाको सिङको तुरही फुकिन्छ ।

अब यसको एक हप्तापछि पर्न आउने योम किप्पुरचाहिँ पवित्रकरण र परमेश्वरको सामु नम्रतामा जाने क्षण हो । यो प्रायश्चितको दिन हो । यसको बारेमा बाइबलमा यसरी लेखिएको पाइन्छः

1हारूनका दुई छोराहरू परमप्रभुको नजिक गएर मरेपछि परमप्रभुले मोशासित कुरा गर्नुभयो। 2परमप्रभुले मोशालाई भन्‍नुभयो, तेरो दाजु हारूनलाई सन्‍दूकमाथि भएको कृपा-आसनको सामुन्‍ने पर्दाभित्र महा-पवित्रस्‍थानमा मनपरी नआओस्‌ भन्‌। नत्रता त्‍यो मर्ला, किनभने म कृपा-आसनमाथि बादलमा देखा पर्छु।  
3“हारून पवित्रस्‍थानमा यसरी बस्‍नुपर्छ: त्‍यो पापबलिको निम्‍ति एउटा साँढ़े र होमबलिको निम्‍ति एउटा भेड़ा लिएर आओस्‌।  4सूती कपड़ाको पवित्र लबेदा, सूती कपड़ाको भित्री वस्‍त्र, सूती कपड़ाको पटुका, र सूती कपड़ाको फेटा पहिरेर आओस्‌। ती पवित्र लुगा हुन्‌। यसकारण त्‍यसले पानीमा नुहाएर मात्र ती लगाओस्‌। 5त्‍यसले इस्राएलीहरूको समुदायबाट पापबलिको निम्‍ति दुई वटा बोका र होमबलिको निम्‍ति एउटा भेड़ा ल्‍याओस्‌।
6“त्‍यसपछि हारूनले आफ्‍नो पापबलिको निम्‍ति साँढ़े चढ़ाओस्, र आफ्‍नो र आफ्‍नो घरानाको निम्‍ति प्रायश्‍चित गरोस्‌। 7तब त्‍यसले ती दुवै बोकाहरू लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु राखिदेओस्‌। 8त्‍यसपछि हारूनले दुवै बोकामा चिट्ठा हालोस्, एउटा परमप्रभुको निम्‍ति र अर्कोचाहिँ छाड़ा छोडिने बोकाको निम्‍ति। 9चिट्ठामा परमप्रभुको भागमा परेको बोकाचाहिँ हारूनले नजिक ल्‍याएर पापबलिको निम्‍ति त्‍यो चढ़ाओस्‌। 10तर चिट्ठामा छाड़ा छोड्‌ने बोकाको भागमा परेको बोकाचाहिँ जिउँदै परमप्रभुको सामुन्‍ने ल्‍याइओस्, र त्‍यसपछि त्‍यो प्रायश्‍चित गर्नलाई छाड़ा हुन उजाड़-स्‍थानमा पठाइओस्‌।
11“हारूनले आफ्‍नो पापबलिको साँढ़े ल्‍याओस्, अनि आफ्‍नो र आफ्‍नो घरानाको निम्‍ति प्रायश्‍चित गरोस्‌। त्‍यसले आफ्‍नो पापबलिको निम्‍ति साँढ़े मारोस्‌। 12त्‍यसले परमप्रभुको सामुन्‍नेको वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको धुपौरो र मसिनो गरी कुटेको सुगन्‍धित धूप मुट्ठीभरि लिएर पर्दाभित्र ल्‍याओस्‌। 13त्‍यसले परमप्रभुको सामुन्‍नेको आगोमा धूप हालोस्, र धूपको धूवाँले गवाहीको सन्‍दूकमाथि भएको कृपा-आसनलाई छोपोस्, नत्रता त्‍यो मर्नेछ। 14त्‍यसपछि त्‍यसले साँढ़ेको रगतबाट केही लिएर आफ्‍नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्‍ने आफ्‍नो औँलाले त्‍यो रगत सात पल्‍ट छर्कोस्‌।
15“तब त्‍यसले मानिसहरूका निम्‍ति पापबलिको बोका मारोस्, र त्‍यसको रगत पर्दाभित्र ल्‍याएर साँढ़ेको रगतजस्‍तै कृपा-आसनमाथि र कृपा-आसनको सामुन्‍ने छर्कोस्‌।  16यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्‍मै पापको कारणले महा-पवित्रस्‍थानका निम्‍ति त्‍यसले प्रायश्‍चित गरोस्‌। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्‍ति पनि त्‍यसले त्‍यसै गरोस्‌। 17जब हारून प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा पस्‍छ, त्‍यसले आफ्‍नो निम्‍ति, आफ्‍नो घरानाको निम्‍ति र इस्राएलको जम्‍मै समुदायको निम्‍ति प्रायश्‍चित गरेर नफर्कुञ्‍जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्‌।
18“तब त्‍यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्‍ने त्‍यसको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि साँढ़े र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्‌। 19रगतबाट आफ्‍नो औँलाले सात पल्‍ट त्‍यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्‌।
20“जब हारूनले महा-पवित्रस्‍थान, भेट हुने पाल र वेदीको निम्‍ति प्रायश्‍चित गरिसकेको छ, तब त्‍यसले जिउँदो बोकाचाहिँ ल्‍याओस्‌। 21अनि हारूनले आफ्‍ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्‍वीकार गरेर बोकाको टाउकोमाथि राखिदेओस्‌। त्‍यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्‍यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड़-स्‍थानमा पठाइदेओस्‌। 22यसरी त्‍यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्‍यस मानिसले त्‍यस बोकालाई उजाड़-स्‍थानमा छोड़िदेओस्‌।
23“त्‍यसपछि हारून भेट हुने पालमा गएर महा-पवित्रस्‍थानमा जाँदा त्‍यसले लाएका सूती लुगाहरू फुकालेर त्‍यहीँ छोड़ोस्‌।  24त्‍यसले आफ्‍नो शरीर कहीँ चोखो ठाउँमा पानीमा नुहाओस्, र आफ्‍ना निज लुगाहरू लाएर आओस्‌। अनि आफ्‍नै लागि र मानिसहरूका लागि होमबलि चढ़ाईकन प्रायश्‍चित गरोस्‌। 25पापबलिको बोसो पनि त्‍यसले वेदीमा जलाओस्‌।
26“छाड़ा हुने बोकालाई छोड्‌न जानेले आफ्‍ना लुगा धोएर आफ्‍नो शरीर नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीमा आओस्‌। 27रगतद्वारा प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा ल्‍याइएका पापबलिका साँढ़े र बोका दुवैलाई छाउनीदेखि बाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर आगोमा जलाइदिनू।  28ती जलाउनेले आफ्‍नो लुगा धोएर आफ्‍नो शरीर नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीमा आओस्‌।
29“तिमीहरूका निम्‍ति यो अनन्‍तको विधि होस्‌। सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू चाहे घरमा जन्‍मेको होस्, चाहे तिमीहरूका बीचमा वास गर्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू,  30किनभने त्‍यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्‍ति प्रायश्‍चित गरिन्‍छ। तब परमप्रभुको सामुन्‍ने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ। 31यो तिमीहरूका निम्‍ति विश्रामको शबाथ हो। तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू। यो सदाको लागि एउटा आदेश हो। 32अभिषेक भएको र बुबाचाहिँको सट्टामा प्रधान पूजाहारी हुनलाई जो नियुक्त भएको छ, त्‍यसैले गरोस्, र त्‍यसले पवित्र सूती लुगाहरू लगाओस्‌। 33त्‍यसले महा-पवित्रस्‍थान, भेट हुने पाल र वेदीको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि त्‍यसले पूजाहारीहरू र समुदायका सबै मानिसहरूका निम्‍ति पनि प्रायश्‍चित गरोस्‌।
34“यो तिनीहरूका निम्‍ति अनन्‍तको विधि होस्‌: वर्षको एक पल्‍ट इस्राएलीहरूका सारा पापका निम्‍ति प्रायश्‍चित गरिओस्‌।”
अनि परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ त्‍यसरी नै गरियो।

यसरी गम्भीर रूपमा मानव जाति परमेश्वरको सामु प्रायश्चित गर्दै २५ घण्टासम्म उपवास प्रार्थना सहित यो दिन बिताइन्छ । यस अवसरमा सम्पूर्ण यहूदी जाति तथा इस्राएल राष्ट्रमाथि परमेश्वरको विशेष कृपादृष्टि रहोस्, हाम्रो यही प्रार्थना छ ।

यस वर्ष यो दिन  आज अक्टोबर ८ तारिखको साँझबाट भोलि अक्टोबर ९ तारिखको साँझसम्म रहेको छ ।

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In