• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, December 23, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भ्रुणको आवाजको बारेमा जानकारी तथा विविध विषयमा प्रार्थना सम्पन्न

by Bidur Adhikari
October 6, 2019
in News & Events

ललितपुर, असोज १९, आइतवार ।

आज ललितपुरको बागडोलस्थित प्रसुन प्रेरितीय चर्चमा राष्ट्रको विकास, विविध समस्याको समाधान लगायत विविध विषयमा प्रार्थना सभा आयोजना गरियो ।

सोबित सापकोटाले स्वागत सञ्चालन गर्नुभएको उक्त सभामा सुरूवातमा पाष्टर कर्नेलियस सिलवालको क्वायर टिमले स्तुतिप्रशंसा र आराधनामा अगुवाइ गर्नुभएपछि पाष्टर वेदी सुवेदीले यशैया ६० अध्यायबाट जाग्, उठ्, तेरो प्रकाश आएको छ भनी चर्च सुमदायलाई हरप्रकारका गरिबी, अन्याय अत्याचार, अशिक्षा आदि हटाई समाज, राष्ट्र र विश्वमा समुन्नति ल्याउनका लागि परमेश्वरको बोलावट आज झन् सान्दर्भिक भएको छ, चर्चले आफ्नो अख्तियार र बोलावट प्रयोग र पालन गर्न खुट्टा कमाउनु पर्दैन भनी सबैलाई चुनाैती र उत्साह दिनुभयो । 

त्यसपछि भ्रुणको आवाज नामक सामाजिक संस्थाका संस्थापक निर्देशक सोमन राई एलिशाले गर्भपतन वा भ्रुण हत्या जस्तो गम्भीर विषयको बारेमा चर्च समुदाय लगायत सरकारी निती नियम निर्माण र कार्यान्वयनका निकायहरूले गहन जानकारी राख्नुपर्ने भन्दै विभिन्न रोगहरूद्वारा मृत्यु हुने मानिसहरूको संख्या र गर्भपतनद्वारा मारिने शिशुहरूको संख्याको तुलनात्मक चित्र प्रस्तुत गर्नुहुँदै यसको भयावहता र गम्भीरताको बारेमा उपस्थित सबैलाई जानकारी गराउनुभएको थियो।

सृष्टिकर्ता परमेश्वर जीवनको पक्षधर हुनुहुन्छ, तर परमेश्वर विरोधी र मानवको शत्रु शैतानले मानिसहरूलाई विविध बहानामा  गर्भपतनमा संलग्न हुन लगाएको छ, उहाँले बताउनुभयो ।  तथ्यांकअनुसार विश्वमा प्रतिवर्ष सबैभन्दा बढी मानव हत्या भ्रुण हत्याद्वारा हुने गरेको छ । 

यी सबै प्रस्तुति र शिक्षाको प्रकाशमा पाष्टर डिल्लीराम पाैडेलले सामूहिक रूपमा चर्च समुदायको तर्फबाट पश्चात्तापसहित प्रार्थनामा डोर्याउनुभयो जसमा ः गर्भपतनको पापका लागि राष्ट्र तथा समाजको तर्फबाट पश्चात्ताप, धार्मिक नियम कानुन स्थापना र पालना, देशका शासकप्रशासक र नितीनिर्माण तहका सबैमाथि असल बुद्धि र जनताको सेवा गर्ने हृदय बनोस् भन्ने जस्ता बुँदाहरू रहेका थिए । त्यसपछि पाष्टर गोरख राईले ललितपुरका विविध सेवा कार्य  संघसंस्था बिच एकत्वको भावना जागोस् भनी थप प्रार्थनामा डोर्याउनुभयो । साथै विभिन्न प्रकारका सतावट, थिचोमिचो र सीमान्तिकरणमा परेका जनसमुदायका लागि पनि प्रार्थना गरिएको थियो ।

 

अन्त्यमा पाष्टर पत्रुस सदाशंकरले अन्तिम तथा आशिषको प्रार्थना गरी सभा समाप्त गर्नुभयो ।

त्यसपश्चात विविध राजनीतिक विकास घटना क्रमको समीक्षा, समान मतका दलहरू बिच एकता, समुदाय परिचालनका णानीतिहरूबा बारेमा अनाैपचारिक तथा महत्वपूर्ण छलफल चलेको थियो जसमा मिडिया एड्भोकेसी फोरम नेपालका अध्यक्ष विदुर अधिकारीले क्याटालिस्टको भूमिका खेल्दै व्यापक चासो र साथसमर्थनको माहोल सृजना गरी भावी निर्णय अब देखिएका केही वैकल्पिक दलहरू जस्तैः राष्ट्रिय मुक्ति आन्दोलन, जनजागरण पार्टी नेपाल, आप मसिह पार्टी, पिपल्स पार्टी आदिको हातमा रहेको तथ्य सञ्चार गर्नुभएको थियो । साथै यस्तै अन्योल र किंकर्तव्यमुढताको र अनिर्णयको वातारण  लामो समय रहेमा जनमानसमा व्यापक निराशा, प्रतिगमनवादी पुरातनपन्थी र धार्मिक साम्प्रदायिक राजनीति खेल खेल्नेहरूलाई माहोल बन्न सक्ने जोखिमप्रति सबैको ध्यानाकर्षण गरिएको थियो ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In