मिडिया एड्भोकेसी फोरम नेपाल
(A Common Forum for Advocacy for All)
प्रेस विज्ञप्ति
अगस्ट ११, आइतवार
उपरोक्त सम्बन्धमा यस मिडिया एड्भोकेसी फोरमपाल (माफ नेपाल) ले नेपाली मण्डलीहरूमाझ रहेभएका भ्रष्टाचारको अनुसन्धानमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायलाई सहायता पुर्याउन लागेको भन्ने शीर्षकमा विभिन्न अनलाइन मिडिया
र पत्रपत्रिकाहरूमा प्रकाशित समाचारप्रति हामी माफ नेपालसम्बद्ध समूहको ध्यानाकर्षण भएको छ ।
माफ नेपाल अभियानको मूल उद्देश्य मानव अधिकार, धर्म तथा आस्थाको स्वतन्त्रता, विकास तथा सार्वजनिक पदमा रहेका जुनसुकै पक्ष वा समुदायहरूमा पारदर्शिता र जबाफदेहिताको खोजी गर्दै आवश्यक पैरवीको काम गर्ने भनी प्रष्ट तोकिएको भए तापनि कुनै आस्था वा मतका सम्प्रदायप्रति दुराशय राखी कुनै प्रकारका गतिविधि गरिएको छैन र गरिने छैन भन्ने प्रष्ट पार्न चाहन्छौं। समुन्नत समाजका लागि भ्रष्टाचारका विरूद्धमा बलियो गरी प्रस्तुत हुँदै कुनै धर्म वा आस्थामाथि लगाइने जुनसुकै प्रकारका अंकुशका विरुद्धमा आवाज मुखरित गर्न माफ नेपाल सदैव तयार रहनेछ भनी विश्वस्त तुल्याउन चाहन्छौँ ।
यसै सन्दर्भमा केही दिन अघि विभिन्न अनलाइन पत्रपत्रिकामा प्रकाशित समाचारहरूका सन्दर्भमा विषयान्तर गरी अपूरो समाचार सम्प्रेषण भएको तथा हामी सम्बद्ध धार्मिक समुदायले पनि त्यसैअनुसार आफ्नै हिसाबले बुझेको हो भन्ने हाम्रो ठम्याइ छ । खासमा विगतमा हाम्रो समुदायमाथि आइपरेका कतिपय सतावटका विषयमा माफ नेपालले पैरवी, सहायता गरेको तथा सञ्चार माध्यममा आएका भ्रामक समाचारको खण्डन गर्दै आएको तथ्य यहाँहरू सबैमा विदितै छ । तर कुनै धार्मिक सम्प्रदाय वा त्यसका अगुवा र अभियन्ताहरूका विरुद्धमा कुनै गलत नियत राखी कुनै गतिविधि सञ्चालन नगरिएको व्यहोरा सम्बद्ध पक्ष लगायत सबै जनसमुदायमा अवगत गराउँदछौँ । साथै उक्त समाचारको कारण समुदायमा पर्न गएको नकरात्मक असर र त्यसबाट सृजना भएको अन्याैलका बारेमा गम्भीरतापूर्वक समीक्षा गर्दै, धार्मिक स्वतन्त्रतासहितको समृद्ध नेपालको पक्षमा माफ नेपाल सधैँ अघि बढिरहने प्रतिबद्धतासमेत यसै विज्ञप्तिमार्फत सादर जानकारी गराउँदछाैँ ।
धन्यवाद ।
विदुर अधिकारी,
अध्यक्ष, ९८४९४९६४८२
मिडिया एड्भोकेसी फोरम नेपाल (माफ नेपाल)
Discussion about this post