क्रिसमसको कथा प्राय सबैलाइ थाहा छ । २,००० वर्ष अगि एक बाललको जन्म । गाइवस्तुको डुँड, गोठालाहरू, मरियम र जोसेफ, नवजात शिशुः यी क्रिसमसका बाहिरी पक्ष मात्र हुन् । तर यो सहही कथापछाडि क्रिसमसको वास्तविक कथा पनि छ ।
क्रिसमसको वास्तविक कथा त परमेश्वरबाट सुरू हुन्छ । मानव जातिको पाप र पतनपछि, सम्पूर्ण मानव जाति परमेश्वरको बागी बन्यो । अब परमेश्वर धर्मी, पवित्र र न्यायी हुनुहुन्छ । उहाँले पापको दण्ड दिनु नै पर्छ । वा त्यसको लागि कुनै व्यवस्था गर्नुपर्छ । उहाँले असीम प्रेममा, अर्कै व्यवस्था गर्नुभयो । त्रिएक परमेश्वरमा पुत्र परमेश्वर मानव बनी जन्म लिनुभयो, र मानव जातिको पाप अाफूले लिनुभयो, र यसरी परमेश्वरको धार्मिक पवित्र विधान पूरा गर्नुभयो ।
क्रिसमसको वास्तविक कथा यही हो ।
यो महान् प्रेम र स्वीकारको कथा बुझ्न र ग्रहण गर्न हामी सबैले सकाैँ, मेरो प्रार्थना र शुभकामना छ, करबल त होइन ।
Merry Christmas!
।
Discussion about this post