इसाइहरूका लागि अति महत्वपूर्ण उत्सवहरूमध्ये एक क्रिसमस हो ।
यस पटका विभिन्न संघसंस्था तथा समूहहरूका अाअाफ्ना क्रिसमस कार्यक्रम अायोजना भइरहेका छन् ।
तर बृहत् रूपमा राजधानीका कार्यक्रमका बारेमा भने अलि असहजता उत्पन्न भएको छ । कारण गत हप्तादेखि नै एनसिएफएन, एनसिएस र प्राय सबै मुख्य डिनोमिनेसनहरू लगायत सूत्रका अनुसार महसंघबाट छुटेर अाएका अगुवाहरूको सबैको तर्फबाट क्रिसमस उत्सव प्रज्ञा भवनमा छ राखिएको छ । उपत्यकाका चर्चहरूको संयुक्त भनिएको कार्यक्रम डिसेम्बर २४, सोमवार राखिएको छ । यसको जानकारी गत अाइतवार मात्रै क्वाइनोनिया पाटन चर्चमा अायोजित ख्रिष्ट जन्मोत्सव शुभकामना अादानप्रदान कार्यक्रममा एनसिएसका महासचिव पा. डिल्ली पाैडेलले दिनुभएको थियो, र यसको निमन्त्रणा पत्र पनि प्राप्त भएको छ ।
भने अाज मात्रै रिपोर्टस क्लबमा अायोजित पत्रकार सम्मेलनमा एफएनसिएनका अध्यक्ष सिबि गहतराजले पनि उही स्थानमा क्रिसमस कार्यक्रम राखिएको बताउनुभएको छ । तर मिति भने भोलिपल्ट, अर्थात् क्रिसमसको दिन, डिसेम्बर २५, मंगलवार राखिएको छ ।
अब यसरी एकै स्थानमा, अगिल्लो र पछिल्लो दिन गरेर उही उत्सवका दुइवटा कार्यक्रम उही इसाइ समुदायबाट अायोजित हुनु त्यति सुहाउँदो कुरा देखिँदैन ।
यसले अब नेपाली इसाइ समुदायको नेतृत्व गर्न कम्तीमा दुइ खेमा देखा परेका छन् भन्ने कुरा स्पष्ट हुँदैछ । गत इष्टरको बेला पनि कसले खुल्अला मञ्बच पहिले लिएको वा कुन ब्यानरमुनि सबै अटाउन सक्ने, वा कुन नामैले गर्छ काम भन्ने लगायत पछिबाट कसको ब्यानर ठूलो देखियो जस्ता कुराले धुमिल भएको एकत्वको भाव अझै ताजैछ । यसकारण, अबको समय ध्रुवीकरणको हुनेछ, अनि को कताको र कुन खेमाको हैसियत र अाैचित्य के कस्तो छ छैन, इसाइ समुदायले क्रमशः मूल्यांकन गर्दैजानेछ ।
यसै बिचमा Ap messiah party ले क्रिसमसको अवसरमा गरेको चियापान कार्यक्रममार्फत नेपाल कै इतिहासमा क्रिसमसको बेला चियापान गर्ने प्रथम पार्टी बनेर इतिहास रचेको छ। भन्ने जानकारी फेसबुक ट्याग मार्फत अाएको छ । (https://www.facebook.com/bharat.giri/posts/2281264355259764) एपि मसिहा पार्टी ले क्रिसमसको समय पारेर क्रिसमस वा खृस्टको जन्मोत्सव को खुसियाली को शुभकामना विभिन्न राजनीति पार्टी का नेताहरुलाई पनि निम्ता गरेर दाजुभाइ क्याटरिङ खसिबजार कलङ्कीमा अाज सम्पन्न गरेको छ।
यसले अब नेपाली इसाइ समुदायको नेतृत्व गर्न कम्तीमा दुइ खेमा देखा परेका छन् भन्ने कुरा स्पष्ट हुँदैछ । अबको समय ध्रुवीकरणको हुनेछ, अनि को कताको र कुन खेमाको हैसियत र अाैचित्य के कस्तो छ छैन, इसाइ समुदायले क्रमशः मूल्यांकन गर्दैजानेछ ।
दलकै कुरा गर्द पनि कुनै समय एक जना सांसद पठाउन सफल जनजागरण पार्टी, दुइ वर्षअगि मात्रै गठन भएको अाप मसिह पार्टी अादि छन् । यसरी हेर्दा नेपाली इसाइ जगत बडो चलयमान र विभाजित वा खेमाबद्ध भएको देखिन्छ ।
Discussion about this post