मङ्सिर १८, मंगलवार, ललितपुर
ललितपुर बागडोल स्थित नेपाल गस्पेल फिलम एकाडेमीको हलमा न्यु तथा न्यारेटिव जर्नालिजम सम्बन्धी मिडिया वर्कसप सम्पन्न भएको छ ।
साउथ तथा साउथ इस्ट एसिया क्षेत्रमा राजनीति, धर्म संस्कृति, कला तथा अाम व्यापक जनसरोकारका विषयमा लामो समयदेखि खोज अनुसनधानमूलक पत्रकारिता गर्दै अाफूलाइ स्थापित गरेका पत्रकार विशला अरोराले स्रोत व्यक्तिका रूपमा उक्त वर्कसपमा सहजीकरणा गरेका थिए ।
यसरी कलेजकै हातमा विश्व स्तरिय माडिया तथा जर्नालिजम तालिम लिन पाउँदा कलेजमा विद्यार्थी तथा अन्य मिडियाह ाउसबाट अाएका प्रशिक्षार्थीहरू निकै प्रसन्न देखिन्थे ।
परम्परागत रूपमा पत्रपत्रिका र सञ्चार गृहको काम सत्य तथ्य प्रस्तुत गर्नु मात्रै हो, कुनै घटना दुर्घटना अादि पछाडि त्यसको बारेमा के कसो भएको हो,
सो मात्रै जानकारी दिनु हो भन्ने मान्यता थियो । तर अब अाएर त्यसबाट कुनै व्यक्तिमा परेको प्रभाव,
निजात्मक अनुभव, संघर्षका कथाहरू, साथै त्यसबाट पाइने अाशा र शिक्षा जस्ता कुरा समेटेर नविन पत्रकारिता र अामसञ्चारको क्षेत्र पनि निजात्मक र चलचित्र जस्तै मानवीय संवेदनालाइ स्पर्श गर्दै अगि बढेको छ । अबको युग यस्तो कथावाचन गर्ने पत्रकारितको युग हो भनी अरराले सहभागीहरूलाइ सम्वेदनशील बनेर समाजका समस्या र सब्जेक्टिव पहलुलाइ पक्रन सुझाव दिएका थिए ।
कार्यशालको अन्त्यमा कलेजका निर्देशक अाशिषा रिजालद्वारा सहजकर्ता अरोरालाइ मायाको चिनो प्रदान गरी कृतज्ञता जनाइएको थियो ।
यसरी स्तरिय कार्यक्रम स्थानीय स्तरमा अायोजना गर्नमा सूत्रधारको भूमिका खेलन पाउँदा मलाइ पनि सन्तुष्टि मिलेको छ । गत अक्टोबर महिनामा बैंककमा अरोराले दिएको कक्षामा सहभागी हुने अवसर पाएकाले मेरो मनमा उनलाइ यहाँ पनि ल्याउन सके हुन्थ्यो भन्ने लागको थियो, अनि त्यसैक्रममा यस पटक सबै कुरा मिलेर अाएपछि त्यो सम्भव पनि भयो ।
स्मरण रहोस्, सन २०१५ मा मोदी सरकारले नकाबन्दी गरेपछि, त्यसो विषयमा खोजमूलक लेख प्रकाशन गरेपछि अरोरा नेपालमा निकै लोकप्रिय बनेका थिए । भने भारतमा चाहिँ मोदीले उनका लेख हटाउन मिडिया हाउसहरूलाइ दबाव नै दिएका थिए ।
Discussion about this post