पोखरा- कार्तिक २३,
म कहिल्यै पनि बोलिन तर सबैले सुन्ने गर्छन्।
मेरा शब्दहरू पाना पानामा कोरिएका छन्।
मेरा शब्दहरू अनलाईन भएर संसार भरी पुगिसकेका छन्।
म कहिल्यै पनि हिडिन्
तर म सारा संसारभर पुगिसकें।
कहिल्यै चलचित्र भएर त कहिल्यै वृत्त चित्र भएर
म जताततै छु।
मेरा आँखा छैनन्
तर सबैले मेरो भाव बुझ्छन्।
म कहिल्यै पनि आफूलाई राम्री बनाइन
तर सबैले मेरो सुन्दरताको वर्णन गर्दछन्।
म कहिल्यै केहि पनि पहिरिन
मेरो घुम्टो उघारेको सबै हेर्न चाहन्छन्।
म सँधै उस्तै छु। म सँधै यही छु।
तर म सबैको मन मष्तिषकमा पुगिसकें।
विश्वका कुना कुनामा पुगिसकें।
मलाई हेर्न आउनेहरू वर्षौ पहिले शुभ दिन मिलाएर मात्रै हेर्न आउँछन्।
न बृद्ध, न बालक सबैको नजर ममाथि छ।
स्वदेसी बिदेशी सबैले मलाई एक पटक भएपनि हेरेर मात्रै जान चाहन्छन्
कुनै कुनै दिन मलाई नदेख्दा, न्याउरो अनुहार बनाई, साह्रै चुकचुकाउछन्।
सुर्योदय नहुँदै मलाई हेर्न आउनेको ताँति लाग्छ।
हाय! यो मेरो कस्तो सुन्दरता!!
मेरो छायाँको पनि वर्णन गरिन्छ,
संगीतको मिठो धुनबाट मेरो सम्झना गरिन्छ।।
गीतका लयहरू र सुरिलो भाकामा पनि मेरै वर्णन छ।
यो मेरो कस्तो सुन्दरता!!
मलाई बनाउने नै चकित छन्
म त उहाँको एउटा सृष्टि मात्रै त हो नि।
-उहि अन्नपूर्ण।























Discussion about this post