काठमाडौँ , ५ चैत्र २०७४ : सार्क वाणिज्य र उद्योग च्याम्बर द्वारा आयोजित सार्क बिजनेस लीडर कन्कक्लेभ २०१८ को अवसरमा, सार्क-सीसीआई र ग्लोकलले युवाहरूलाई उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न र साझा सहयोग पुर्याउने उदेश्यले एमओयु हस्ताक्षर गरेका छन्।
सो एमओयु सार्क-सीसीआई का अध्यक्ष श्री सुरज वैद्य र ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निदेशक श्री आशिष ठाकुरद्वारा द्वारा १८ मार्च, २०१८ मा श्री मात्रिका यादव, वाणिज्य र आपूर्ति मंत्री, नेपाल; श्री हुमयुं रश्वा, वाणिज्य र उद्योग मंत्री, अफगानिस्तान; श्री ल्योन्पो लेके दोर्जे, आर्थिक मामला मंत्री, भुटान को उपस्थितिमा हस्ताक्षर गरिएको थियो।
सम्झौता अनुसार दुवै पक्षले सार्क देशहरुमा रहेका किशोर-किशोरीलाई ग्लोकल टीन हिरो प्लेटफार्म प्रदान गर्ने र ग्लोकल टीन हिरो सार्क रास्ट्रहरुमा लैजानेछन् ।१३- १९ बर्षको किशोर-किशोरीहरुको लागी ग्लोकल टीन हिरो एउटा प्लेटफार्म हो जसले उनीहरुको शुरुवात, सृजना र उत्साहलाई पहिचान गरेर सम्मान गर्दछ।
ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निदेशक श्री आशिष ठाकुरले भन्नु भयो “ ग्लोकल टीन हिरो लाई सार्क रास्ट्रमा लगी रहेको बेला । ग्लोकलमा, यो हाम्रो लागि एक महत्वपूर्ण क्षण हो। यो एमओयुले हामीलाई थप बल र सशक्तिकरण प्रदान गर्ने छ।
ग्लोकल प्राइभेट लिमिटेड एउटा अनलाईन मिडिया, सीयसआर र ब्रान्ड कन्सलट्यंट रुपमा काम गरिरहेको छ। त्यो संगसंगै ग्लोकल अफ्टर स्कुलबाट तालिम र विकासका लागी काम गरिन्छ र ग्लोकल टीन हिरो र ग्लोकल अन्तरास्ट्रिय कन्फरेन्स जस्ता बिभिन्न कार्यक्रमहरुबाट युवाहरुमा उधमशिलताको बिकाश गर्दछ।
थप जानकारीका लागी सम्पर्क : cajoljha@glocalnepal.com, 9843636871
Discussion about this post