• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, June 7, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्यान्सरपीडितलाई मनोसामाजिक परामर्श आवश्यक

by NC Admin
January 25, 2018
in News & Events, socio-political

काठमाण्डौ: नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिका डा. रिसभ कोइरालाले क्यान्सरका विरामीहरुको उपचारमा मानसिक स्वास्थ्यको विषय पनि सँगै जोडिएर आउने बताएका छन् ।

धैर्य क्यान्सर फाउण्डेसनले विहीबार ब्रिटिस गोर्खा कलेज बाँसबारीमा क्यान्सरका विरामीहरुको मानसिक स्वास्थ्यका विषयमा युवाहरुलाई जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा उनले क्यान्सरपीडितको उपचारमा सम्बन्धित पक्ष लाग्ने गरे पनि उसको मानसिक स्वास्थ्यको पक्षमा ध्यान जान नसकिरहेको बताए ।

अन्य देशहरुमा क्यान्सरका बिरामीहरुको मानसिक स्वास्थ्यलाई पनि महत्वका साथ हेरिने गरेको जानकारी दिंदै डा. कोइरालले भने–‘नेपालमा क्यान्सरपीडितको मानसिक स्वास्थ्यबारे ध्यान जान सकेको छैन, तर यो विषय महत्वपूर्ण रहन्छ ।’ मानसिक रोगको डाक्टर समेत रहेका उनले क्यान्सरपीडितको मानसिक स्वास्थ्य नेपालमा भर्खर चासोको रुपमा देखिन थालेको बताउँछन् । नेपालमा धेरै क्यान्सरपीडितहरुले आत्महत्या गर्ने गरेको र यसको मुख्य जड मानसिक विचलन भएको जानकारी गराउँदै डा. कोइरालाले भने–‘क्यान्सरपीडितहरु किन आत्महत्या गर्ने सोंचमा पुगिरहेका छन्, आम मान्छेको ध्यान त्यसको खोजीतर्फ पुग्न सकिरहेको छैन ।’
क्यान्सरपीडित बिरामीमा देखिने मानसिक विचलनले रोग घटाउनुको सट्टा प्रतिरोधात्मक क्षमता कम गर्दै लैजाने जानकारी दिंदै उनी भन्छन्–‘क्यान्सर लाग्दैन तत्काल कसैको मृत्यु हुँदैन ।’

नेपालमा क्यान्सरपीडितको सहि उपचारमा ध्यान पुर्‍याउन नसक्दा पीडितहरुमा थप समस्या बढ्ने र यसले नियमित जीवनमा नै असर गरिरहेको कोइराला बताउँछन् । कार्यक्रममा नेपालमा क्यासरपीडितमा मनोवैज्ञानिक असरका कारण ३० प्रतिशत रोग बढिरहेको पनि जानकारी गराइएको छ ।

यस्तै कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष टेरिसा तामाङले नेपाल क्यान्सर र यसको उपचारबारे सर्वसाधरणसम्म जानकारी आवश्यक रहेको बताइन् । उनले फाउण्डेशनमार्फत क्यान्सर रोगबारे जानकारी दिन विभिन्न समयमा कार्यक्रमहरु हुँदै आएको बताइन् । उनले यस्ता विरामीलाई मनोसामाजिक परामर्श आवश्यक रहेको औंल्याइन् । कार्यक्रममा ब्रिटिस गोर्खा कलेजका अध्यक्ष प्रा. डा. इन्द्रजीत राई, प्रिसिन्पल हिमालशेर राई, कलेजका शिक्षक तथा करीब ८० विद्यार्थीहरुको सहभागिता थियो ।

कार्यक्रममा फाउण्डेशनले डा. कोइराला र कलेजका अध्यक्ष प्रा. डा. इन्द्रजीत राईलाई सम्मान समेत गरे ।

 

Related Posts

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Recent Posts

  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In